budget

बजेटको तयारी तीव्र, नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गरिने

काठमाडौं, २९ वैशाख । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरिसकेकी छन्। संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको छ । सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी छन् । सरकारको नीति… पुरा पढौ

बजेट अधिवेशन आह्वान, कर्मचारीको तलब बढ्ने, आयकर सीमामा पनि हेरफेरको तयारी

काठमाडौं, २६ वैशाख । आगामी ३ जेठका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी अधिवेशन आह्वान गरेकी हुन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको… पुरा पढौ

बोण्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टहरूको माग, आगामी बजेटलाई दिए यस्ता सुझाव

काठमाडौं, २६ वैशाख । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोण्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बीमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोण्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ । उक्त बोण्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक… पुरा पढौ

नयाँ बजेटमा के–के कुरालाई प्राथमिकता दिँदैछ सरकार ?

काठमाडौं, २५ वैशाख । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा सरकारले कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई केन्द्रमा राखेर ल्याइनेछ । ‘कृषिक्षेत्रमा हामी खस्किँदै गएका छौं । गतवर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो । अब कृषिमा फरक नीति र कार्यक्रम हुनैपर्छ,’ शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले… पुरा पढौ

नयाँ बजेटमा उद्योग परिसंघको सुझाव : अबको दशकलाई स्वदेशी दशकको रूपमा मनाऔँ

cni
काठमाडौं, २१ वैशाख । नेपाल उद्योग परिसंघले बिक्रम संवत् २०७९–२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।  आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आर्थिक वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ ।  परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली अर्थतन्त्रमा रहेका केही समस्यालाई मुख्य रूपमा सम्बोधन गर्न सरकारसमक्ष आग्रह… पुरा पढौ

सबै निकायसँग छलफल गर्दै बजेट निर्माणमा जुट्याे अर्थ मन्त्रालय

काठमाडौं, १३ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । पछिल्लो समय मन्त्रालयले विभिन्न मन्त्रालयहरूसँग बजेट निर्माणको प्राथमिकता लगायतका विषयमा छलफलमा जुटिरहेको छ । अर्थ मन्त्रालयले सोमवार बिहान वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताएका थिए । उनले विदेशबाट ठूलो… पुरा पढौ

नयाँ बजेटका लागि सुझाव संकलन गर्दै अर्थ मन्त्रालय, कहिले छापिन्छ रातो किताब ? [कार्यतालिकासहित]

काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि धमाधम बजेट बनाउँदैछ । बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा अर्थ मन्त्रालयले कार्यतालिका नै सार्वजनिक गरेर बजेटमाथि सुझाव संकलन गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि प्रतिनिधि सभा बैठकमार्फत बजेट सार्वजनिक गर्नुपर्छ । मन्त्रालयले संविधानको सोही व्यवस्था बमोजिम जेठ १५ मा बजेट सार्वजनिक गर्नेगरी अहिले धमाधम बजेट निर्माण गरिरहेको छ । कार्यतालिका अनुसार आगामी जेठ ८ गते मन्त्रालयले राष्ट्रपतिसमक्ष बजेट ब्रिफ्रिङ गर्नेछ ।… पुरा पढौ