budget

सीसीटीभी फुटेजबारे प्राविधिक तथा विज्ञसँग विशेष समितिले छलफल गर्दै

काठमाडौं, ३ असार । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय र पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्ने भएको छ। आज मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने संसदीय छानबिन विशेष समितिले जनाएको छ।त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ। अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो।सोमबारको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिका… पुरा पढौ

अधिकांश पालिकाहरूकाे बजेट आज सार्वजनिक हुदैं

काठमाडौं, १० असार । धेरैजसो स्थानीय पालिकाले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । पालिकाहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् ।… पुरा पढौ

सरकारकाे विकास खर्च निराशाजनक, ११ महिनामा साढे ६३ प्रतिशतमात्रै बजेट खर्च

काठमाडौं,२ असार। चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा सरकारले करिब साढे ६३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आवको २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सरकारले ६३.४२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । यसअवधिमा लक्ष्यको साढे ७९.८ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशाजनक छ ।११ महिनाको अवधिमा सरकारको विकास खर्च ३६.४९ प्रतिशत मात्र छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते मंगलबारसम्म सरकारले ३६.४९ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ… पुरा पढौ

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज बुधबार बजेट सार्वजनिक गर्दैछन् । प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२)मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । २०७४ सालमा निर्वाचित प्रदेश सभाका सदस्यको कार्यकालको यो अन्तिम वर्ष हो र ती जनप्रतिनिधिबाट बनेको प्रदेश सरकारको अन्तिम बजेट… पुरा पढौ

अर्थमन्त्रीको बजेट नीतिको विरुद्धमा आन्दोलनमा उत्रिए बिराटनगरका उद्योगी

काठमाडौं, २६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटले स्वदेशी उद्योगहरू बन्द हुने भन्दै उद्योगी व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजेटले नेपालका स्यानिटरी प्याड, घिउ तेल र एमएस वायरमा आधारित तीन प्रकारका उद्योग बन्द हुने भन्दै मोरङका तीन प्रमुख व्यावसायिक संस्था आन्दोलनमा उत्रिएका हुन्। बजेटमा प्रस्तुत राजस्व संरचनाले नेपालका तीन वटै किसिमका साना ठूला गरी २ सयभन्दा बढी उद्योग बन्द हुने उनीहरूको भनाइ छ । उनीहरूले नीतिगत सुधारको माग गर्दै आन्दोलन शुरू गरेका हुन् । आन्दोलनमा… पुरा पढौ

बजेटले स्वदेशी उद्योगलाई उपेक्षा गरेकाे सरोकारवालाकाे भनाई

काठमाडौं, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफल तथा प्रतिक्रिया दिने क्रम जारी नै छ । यसबीचमा सत्ता पक्षले बजेटको बचाउ गरेपनि सरोकारवालाहरूले भने बजेटले आफूहरूको मुद्दा समेट्न नसकेको प्रतिक्रिया दिएका छन् । बिशेषगरी सेनेटरी प्याड र नेपाली कपडा उद्योगहरूलाई सरकारकाे याे बजेटमा धेरै नै उपेक्षा गरेको सरोकारवालाहरूको बुझाइ छ । कपडा उद्योगीहरूले सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७९/ ८० को बजेटबाट आफूहरू निराश भएको समेत बताएका छन् । नीति तथा कार्यक्रम र बजेटमार्फत… पुरा पढौ

७ प्रदेशलाई १ खर्ब बढी बजेट, कसले कति पाए ?

काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशैभरका ७५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ रहेकाे छ । स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६… पुरा पढौ

बजेटबारे परिसंघले सार्वजनिक गर्‍यो धारणा, के भन्यो ?

काठमाडौं, १९ जेठ । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेटमा सुझाव समेटिएको भन्दै स्वागत गरेको छ । परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको ‘मेक इन नेपाल’ अभियानमा सहयोग गर्ने घोषणा भएकोमा नेपाल सरकारमा धन्यवाद व्यक्त गरेको छ । औद्योगिकरण र स्वदेशी उत्पादन अभिबृद्धिका लागि परिसंघले लामो समयका लागि स्वदेशी दशकको कार्यक्रम ल्याउन माग गरिरहेको सन्दर्भमा बजेटमा ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९/०८९’ संचालन गर्दै नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिबृद्धिका लागि प्रधानमन्त्री… पुरा पढौ

संसदमा बजेटको सैद्धान्तिक छलफल आजपनि

काठमाडौं, १८ जेठ । सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ । मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी रहने छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए । साउन १ गतेबाट लागू हुने बजेट… पुरा पढौ

संसद बैठक आज, बजेटमाथि छलफल गरिँदै

काठमाडौं, १७ जेठ । बजेटमाथि सैद्धान्तिक छलफलका लागि प्रतिनिधि सभाको बैठक आज (मंगलवार) बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा बजेटमाथि छलफल हुनेछ । आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल हुने छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको जानकारी दिए । बैठकको शुरूमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल शुरू गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि… पुरा पढौ