fcan

समयमै सम्पन्न नभएका ३५ सय आयोजनाको म्याद एक वर्ष थपियो, यस्ता छन् अन्य व्यवस्था

काठमाडौं, २१ असार । समयमै सम्पन्न हुन नसकेको ३५ सय आयोजनाको म्याद थप हुने भएको छ । सरकारले सार्वजनिक खरिद नियामवलीको १२औं संशोधन गरी म्याप थपको व्यवस्था गरेको हो । ‘सरकारले सम्झौताको अवधि समाप्त भएका, असार मसान्तसम्म खरिद सम्झौताको अवधि समाप्त भएका, सम्झौता बमोजिमको काम सम्पन्न नभएका वा हुन नसकेका अवस्थामा रहेका वा यो नियम प्रारम्भ हुनुअघि अवधि थपका लागि सार्वजनिक निकाय समक्ष निवेदन दिएका आयोजनाहरुको हकमा एक वर्षसम्मका लागि म्याद थप गरिएको हो । निर्माण कार्यको हकमा सम्बन्धित निर्माण… पुरा पढौ

इन्धनको मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा, लाखौं श्रमिक मारमा परेको गुनासो

काठमाडौं, ७ असार । इन्धनमा पटकपटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत अत्याधिक मूल्य बढेर निर्माण उद्योग नै ठप्प हुने अवस्था आउन लागेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धिले निर्माण उद्योग थप आक्रान्त हुने महासंघले बताएको हो । इन्धनमा चर्को मूल्यवृद्धि भएकाले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अत्यावश्यक निर्माण परियोजना समेत बन्द हुने सम्भावना रहेको महासंघको भनाइ छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण… पुरा पढौ

निर्माण व्यवसायीहरूको आन्दोलन आजबाट प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं, १५ वैशाख । निर्माण व्यवसायीले आज (बिहीवार)ब प्रधानमन्त्री निवास बालुवाटारमा गएर आन्दोलन गर्ने भएका छन् । पछिल्लो समय अप्रत्याशित रुपमा बढेको निर्माण सामग्रीको मूल्यवृद्धि र हालै संशोधन खरिद नियावलीमा भएको त्रुटीलाई सच्याउनका लागि गत ८ गतेबाट सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलामा आन्दोलन गर्दै आएका थिए । तर, सरकारले कुनै माग सम्बोधन नगरेपछि आजट प्रधानमन्त्री बालुवाटार निवासमा गएर आन्दोलन गर्ने भएको हो । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारबाट बिहान ९ बजेदेखि १० बजेसम्म धर्ना गर्ने भएको महासंघका महासचिव रोशन दाहालले… पुरा पढौ

निर्माण व्यवसायीको आन्दोलन, आजदेखि ‘कन्स्ट्रक्शन होलिडे’

काठमाडौं, ११ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि निर्माणका सबै काम बन्द गर्ने भएको छ । शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले आइतवारदेखि ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गरिएको बताए । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई यही आइतबारदेखि लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ । कन्स्ट्रक्शन होलिडे’ को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने… पुरा पढौ