governer

बर्तमान समय, परिस्थितिकाे सुक्ष्म अध्ययन गरेरै मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बर्तमान समय र परिस्थितिकाे सुक्ष्म अध्ययन गरेर मात्र मौद्रिक नीति ल्याउने स्पष्ट पारेका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आगामी मौद्रिक नीतिका विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार मौद्रिक नीति आउने बताएका हुन् । बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको उनको भनाइ छ । ‘महाप्रसाद… पुरा पढौ

मौद्रिक नीतिमार्फत सुविधा दिन निजी क्षेत्रको माग, सधैं दिन नसकिने गभर्नरको भनाइ

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीको समयमा दिएको सुविधा कटौती हुने घोषणा गरेका छन् । निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमाका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर अधिकारीले सधैं सुविधा दिन नसकिने भन्दै सुविधा कटौती हुने घोषणा गरेका हुन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकले कोभिडको समयमा दिएको सुविधाले अर्थतन्त्र ‘भी’आकारमा फर्केको बताए । ‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका… पुरा पढौ

कस्तो आउँदैछ मौद्रिक नीति ? यस्ताे छ गभर्नर अधिकारीकाे भनाई

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंक यतिखेर मौद्रिक नीति बनाउने अन्तिम तयारीमा जुटिरहेको छ । विभिन्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेर अहिले यसबारे विचार बिमर्श गर्ने काम राष्ट्र बैंकले गरिरहेको छ । यसैबीचमा गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताएका छन्। गभर्नर अधिकारीले अहिले… पुरा पढौ

गभर्नर अधिकारी स्विट्जरल्यान्ड जाने

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्विट्जरल्यान्डको दुई दिने भ्रमणमा जाने भएका छन्। जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृति दिएको हो। गभर्नर अधिकारी यही असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन जान लागेका हुन्। पुरा पढौ

जब संसदमा अर्थमन्त्रीलाई राजीनामा किन नदिएको भन्दै प्रश्न सोधियो…

काठमाडौं, ५ जेठ । बुधवार दिउँसो प्रतिनिधि सभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि छलफल भइरहेको थियो । छलफलमा नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा किन नगरेको भन्दै प्रश्न गरे ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पूनर्बहाली गरेपछि अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा किन त्यस्तो नभएको भन्दै नेता अधिकारीले प्रश्न गरेका हुन् । ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पूनर्बहाली पनि हुनुभयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो… पुरा पढौ

बैंकको ब्याजदर अझै बढ्छ : गभर्नर अधिकारी

काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकको ब्याजदर अझै बढ्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा अधिकारीले बैंकको ब्याजदर बढ्ने बताएका हुन । अहिलेको आर्थिक अवस्थाले पनि बैंकको ब्याजदर बढ्नेतर्फ संकेत गरे । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव बढेको र त्यसले ब्याजदरमा असर पारेको उनको भनाइ छ । अधिकारीले बैंक ब्याजदर अहिलेको भन्दा बढी नै हुने दाबी गरे । उनले बैंक ब्याजदर बढेसँगै नीतिगत ब्याजदर बढाउने… पुरा पढौ

अगाडि बढ्यो निलम्बित गभर्नर अधिकारीमाथिको छानबिन

काठमाडौं, ६ वैशाख। निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको छानबिन अगाडि बढेको छ ।गत चैत २४ गते बिहीबार गभर्नरलाई निलम्बन गरेर सरकारले गठन गरेको छानबिन आयोगले आइतवारबाट मात्र काम थालेको समितिले जनाएको छ। सरकारले ११ दिनअघि गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै त्यसको भोलिपल्ट 'निलम्बनको पत्र' दिएको थियो। अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च पुगेपछि समितिले पनि काम थालेको जनाएको हो। अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको छ। त्यसको पेसी मंगलबार (आज) तोकिने सम्भावना छ। पुरा पढौ