loan

चालु आर्थिक वर्षको १५ दिनमै ९ सय बढी ऋणी परे कालोसूचीमा

काठमाडौं, १७ साउन । चालु आर्थिक वर्षको १५ दिनमा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । केन्द्रका अनुसार गत आर्थिक वर्षमा १५ हजार ९९९ जना कालोसूचीमा परेका थिए । कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने उ पनि कर्जा… पुरा पढौ

साढे १८ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं, ४ साउन । नेपालको सार्वजनिक ऋण साढे १८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अर्थात् चैतसम्म सार्वजनिक ऋण १८ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये बाह्य ऋण मात्रै नौ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ छ । बाँकी आठ खर्ब ७९ अर्ब १५ करोड रुपैयाँ नेपालले आन्तरिक ऋण लिएको छ । समीक्षा अवधिभन्दा अघिल्लो त्रैमासिक अर्थात् पुस मसान्तसम्म नेपालको सार्वजनिक ऋण १७… पुरा पढौ

वाणिज्य बैंकहरूमा निक्षेप ३२ अर्बले बढ्यो, कस्तो छ ऋण प्रवाहको अवस्था ?

काठमाडौं, २२ असार । वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ। असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ। नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्गका वाणिज्य बैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रूपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा झरेको छ। असार लागेपछि बैंकहरूमा निक्षेप… पुरा पढौ

लघुवित्तबाट ऋण लिनेको संख्या ३२ लाख पुग्यो, सबैभन्दा धेरै लगानी कृषि क्षेत्रमा

काठमाडौं, १९ असार । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिने ऋणीको संख्या ३२ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ चैत महिनासम्मको विवरणअनुसार ६५ लघुवित्तबाट ३२ लाख ४७ हजार २७६ जनाले ऋण लिएका हुन् । जसमध्ये पुरूष ऋणीको संख्या ९२ हजार ८०३ छ । भने महिला ऋणीको संख्या ३१ लाख ५४ हजार ४७३ छ । ६५ लघुवित्तमध्ये सबैभन्दा धेरै कर्जा छिमेक लघुवित्तबाट लिएका छन् । लगानीमध्ये सबैभन्दा धेरै कर्जा कृषि क्षेत्रमा प्रवाह भएको देखिएकाे छ । छिमेक लघुवित्त… पुरा पढौ

काठमाडौंमा सबैभन्दा बढी कृषि कर्जा प्रवाह, यस्ताे छ बागमती प्रदेशका जिल्लाकाे कर्जा बितरण विवरण

काठमाडौं, १ असार। खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा अस्वाभाविक रुपमा कृषि कर्जा प्रवाह भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धी अर्ध-वार्षिक प्रतिवेदन अनुसार काठमाडौं जिल्लामै सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशमा ६ महिनाको अवधिमा १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएकाे छ । जसमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ… पुरा पढौ

९ महिनामा सरकारले उठायो झण्डै साढे २ खर्ब ऋण

काठमाडौं, २१ वैशाख । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्ममा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको अर्थ मन्त्रालयले जनाएको हो । यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको मन्त्रालयले उल्लेख गरेको छ ।सरकारले यस आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब… पुरा पढौ