NBA

दुई सातामै बैंकिङ्ग प्रणालीबाट १ खर्ब निक्षेप गायब, कर्जा लगानी पनि घट्याे

काठमाडौं, १८ साउन । चालु आर्थिक वर्ष शुरूपछि बैंकिङ प्रणालीमा निक्षेप संकलन लगातार घट्दो क्रममा देखिएको छ। साउनको पहिलो दुई सातामा नै बैंकहरूको निक्षेप संकलन ९१ अब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार शुक्रबारसम्ममा बैंकहरूसँग ४४ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ। गत असार मसान्तसम्ममा निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । साउन पहिलो साता ६४ अर्बले घटेको निक्षेप दोस्रो साता पनि २८ अर्ब रुपैयाँले घटेको छ। शुक्रबार यता पनि बैंकहरूमा निक्षेप घट्ने क्रम रोकिएको छैन।… पुरा पढौ

वाणिज्य बैंकहरूमा निक्षेप ३२ अर्बले बढ्यो, कस्तो छ ऋण प्रवाहको अवस्था ?

काठमाडौं, २२ असार । वाणिज्य बैंकहरूमा निक्षेप बढ्दा कर्जा प्रवाह भने घटेको छ। असार लागेपछिको १७ दिनमा बैंकहरूमा ३२ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ९ अर्ब ऋणात्मक भएको छ। नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांकअनुसार जेठ मसान्तको तुलनामा १७ असारसम्ममा क वर्गका वाणिज्य बैंकहरूमा निक्षेप ४४ खर्बबाट बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा ऋण प्रवाह भने ४१ खर्ब ९३ अर्ब रूपैयाँबाट ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा झरेको छ। असार लागेपछि बैंकहरूमा निक्षेप… पुरा पढौ