share

बढ्दैछ शेयरबजारमा आकर्षण, ५४ लाखले खाेले डिम्याट खाता

काठमाडौं, १७ साउन । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या पनि निरन्तर बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५३ लाख ९३१ पुगेको छ । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि निकै बढेको छ । सिडिएससीका अनुसार मेरो सेयरको संख्या ४४ लाख १ हजार ५७ पुगेको छ । सिडिएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति… पुरा पढौ

एक साताभित्र पुँजी बजारका विषयमा सुझाव पठाउन धितोपत्र बोर्डको आग्रह

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रमका लागि एक साता भित्र सुझाव दिन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको छ । बोर्डले असार २० गतेसम्म सल्लाह तथा सुझाव दिन आग्रह गरेको छ । बोर्डले नीति तथा कार्यक्रमका लागि मस्यौदा तयार पारिरहेको पनि जानकारी गराएको छ । पुरा पढौ