कर्पोरेट

महासङ्घको नयाँ नेतृत्वको मतगणना जारी, जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक

काठमाडौं, २३ वैशाख। नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । महासङ्घको ६०औं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भएको छ । जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद… पुरा पढौ

अध्यक्ष ढकालले गरे मतदान

काठमाडौं, २२ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औ वार्षिक साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन । पुरा पढौ

महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं, २२ वैशाख। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। महासंघको विधानअनुसार नयाँ नेतृत्वका लागि आज बिहानैदेखि मतदान कार्य अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्षबाट श्रेष्ठको 'पदोन्नति' महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही प्रावधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी तीन वर्षे कार्यकालका लागि महासंघको नेतृत्व सम्हाल्ने निश्चित भएको छ। वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले… पुरा पढौ

एफएनसीसीआईको ६०औँ साधारण सभा सुरु: अञ्जन श्रेष्ठले नेतृत्व सम्हाल्ने

काठमाडौं, २१ वैशाख । नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम आजदेखि ललितपुरमा सुरु हुँदै छ। विभिन्न कानुनी जटिलता, आन्तरिक कलह र अदालतको स्थगन आदेशका कारण अन्योलमा रहेको साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ नेतृत्व सुम्पिनेछ। ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आज भव्य उद्घाटन सत्र आयोजना गरिएको छ, जहाँ देशभरका उद्योगी, उच्च सरकारी अधिकारी र सरोकारवालाहरूको उपस्थिति रहनेछ। साधारण सभाको दोस्रो दिन अर्थात् भोलि (२२ गते) काठमाडौँको… पुरा पढौ

यस्ताे छ सामसङको ‘Remit मा Benefit’ अभियान

काठमाडौं, १८ वैशाख । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै “Remit मा Benefit Campaign” सुरु गरेको छ। विदेशमा रहेका नेपालीहरूको त्याग र मेहनतबाट आर्जित रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अवसरमा रूपान्तरण गर्ने उद्देश्यले यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। यस पहल मार्फत सामसङले नेपालभर रहेका रेमिट्यान्स-आधारित परिवारहरूलाई अत्याधुनिक प्रविधि र प्रिमियम उत्पादनहरू सहजै उपलब्ध गराउने लक्ष्य राखेको छ। आकर्षक क्यासब्याक र किस्ता सुविधा अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा विशेष सुविधाहरू प्राप्त गर्नेछन्: क्यासब्याक: सामसङ… पुरा पढौ

नेप्सेद्वारा संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरण गर्न ताकेता

काठमाडौं १७ वैशाख। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बुक बिल्डिङ्ग विधिमा सहभागी हुन चाहने योग्य संस्थागत लगानीकर्ताहरू (QIIs) लाई दर्ता तथा नवीकरण गर्न आह्वान गरेको छ। नेप्सेको सूचीकरण शाखाले एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्थाहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो। नेप्सेका अनुसार बुक बिल्डिङ्ग प्रणालीमा सहभागी हुन नयाँ संस्थाहरूले दर्ता हुनुपर्नेछ भने यसअघि नै दर्ता भइसकेका संस्थाहरूले वार्षिक नवीकरण गराउनु पर्नेछ। 1777526340714Download दर्ता तथा नवीकरण शुल्क विवरण संस्थाहरूले दर्ता र नवीकरणका लागि निम्नानुसारको… पुरा पढौ

एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड

काठमाडौं, १६ वैशाख। नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि विस्तृत सुझाव प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतको उपस्थिति रहेको उक्त भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो । सो अवसरमा मन्त्री यादवले नेपाल चेम्बर अफ कमर्सले… पुरा पढौ

ललितपुरको बालकुमारीमा २ अर्बकाे ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं, १६ वैशाख । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो । लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माणका गर्न ऊर्जा, जलस्रोत तथा मन्त्रालयले पहल गरेको थियो । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउनका निम्ति सो क्षेत्रमा उच्च क्षमताको जीआइएस सबस्टेशन निर्माण प्रक्रिया अगाडि… पुरा पढौ

घरजग्गा व्यवसायमा हदबन्दी हटाउन व्यवसायीको माग, २५ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी

चितवन, १५ बैशाख । नेपालका रियल इस्टेट व्यवसायीहरूले घरजग्गा कारोबारमा लगाइएको जग्गाको हदबन्दी हटाउन सरकारसँग माग गरेका छन्। चितवनको भरतपुरमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको चौचौ महासभाले 'भरतपुर घोषणापत्र २०८३' जारी गर्दै यस्तो माग राखेको हो। महासभाले वैशाख १२ गते देशभरका करिब ३०० व्यवसायीहरूको उपस्थितिमा रियल इस्टेट क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन २५ बुँदे साझा संकल्प पारित गरेको छ। हदबन्दी मुख्य बाधक: व्यवसायी व्यवसायीहरूको मुख्य माग जग्गाको हदबन्दीसँग जोडिएको छ। हालको व्यवस्थाअनुसार सरकारले व्यवसायीलाई हदबन्दीभन्दा बढी जग्गा… पुरा पढौ

सरकारले ऊर्जा क्षेत्रमा देखेको चुनौती र अवसर

काठमाडौं, १३ वैशाख। सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । वितरण प्रणालीको क्षमता र गुणस्तर कमजोर हुनु, औद्योगिक क्षेत्रमा गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिको अभाव हुनुलाई चुनौतीका रूपमा लिएको छ । यस्तै, सरकारले घरायसी तथा व्यावसायिक क्षेत्रमा बढी विद्युत् खपत गर्ने उपकरणको प्रयोगमा वृद्धि गर्नु, कृषि, सिँचाइ तथा औद्योगिक क्षेत्रमा विद्युत् प्रयोग वृद्धि गर्नु र विद्युतीय सवारी चार्जिङ पूर्वाधारको अभाव हुनु… पुरा पढौ