कर्पोरेट

९ बीमा कम्पनीको चुक्ता पुँजी अझै पुगेन

काठमाडौं, १० वैशाख । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन अझै ९ वटा बीमा कम्पनीहरू असफल देखिएका छन्। प्राधिकरणले बुधबार सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार दुई वटा पुनर्बीमा (रि-इन्स्योरेन्स) कम्पनीसहित ९ वटा कम्पनीले अझै पनि तोकिएको पुँजी संरचना कायम गर्न नसकेका हुन्। हाल सञ्चालनमा रहेका कुल ३७ वटा बीमा कम्पनीमध्ये २८ वटाले पुँजी पुर्‍याए पनि बाँकी कम्पनीहरू अझै पछि परेका छन्। पुँजी पुर्‍याउन नसक्नेहरूमा सरकारी स्वामित्वका कम्पनीदेखि नयाँ अनुमति पाएका लघु बीमासम्म रहेका छन्। पुनर्बीमा कम्पनी: २… पुरा पढौ

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

काठमाडौं, ९ वैशाख । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो नियुक्तिलाई नेपालको डिजिटल भविष्यसँग प्रत्यक्ष जोडिएको सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ। हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा रहेका अधिकारीले यसअघि पनि नेपाल सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा तथा प्रविधि विकासमा उल्लेखनीय योगदान… पुरा पढौ

सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

काठमाडौं, ९ वैशाख। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सुदूरपश्चिम प्रदेश जलविद्युत् उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र भए पनि पूर्वाधार अभाव, नीतिगत जटिलता र वनसम्बन्धी कानुनी अवरोधका कारण आयोजना कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजना निर्माण सम्भावना र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष कार्कीले सुदुरपश्चिममा विद्युत् उत्पादनको सम्भवनाबारे प्रकाश पार्नुभएको हो । ऊर्जा क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा व्याख्या गर्दै उहाँले ऊर्जा विकासलाई अन्य क्षेत्रभन्दा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारको नीतिगत… पुरा पढौ

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई निर्देशन

काठमाडौं, ९ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मतहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा अनुगमनका क्रममा देखिएका समस्या सुधार्न निर्देशन दिएको हो । रोजगार कार्यालयहरूबाट २७ प्रतिष्ठान र विभागबाट गठन भएका दुई टोलीबाट पाँच प्रतिष्ठानमा अनुगमन गरिएको थियो । विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम… पुरा पढौ

अटोमोवाइल वस्तुमा MRP स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र वाणिज्य विभागबीच छलफल

काठमाडौं, ९ वैशाख । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको एक प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग भेटवार्ता गरेको छ। अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सहितको स्टिकर टाँस्ने सम्बन्धमा विभागले हालै जारी गरेको प्रेस विज्ञप्तिका विषयमा केन्द्रित रहेर उक्त छलफल भएको हो। नीतिको सराहना, कार्यान्वयनमा चासो छलफलका क्रममा नाडा प्रतिनिधि मण्डलले विभागले २०८२ चैत ३० गते जारी गरेको विज्ञप्तिको स्वागत गरेको छ। विदेशबाट आयात गरिने वस्तुमा अनिवार्य रूपमा MRP उल्लेख हुनुपर्ने र बिक्री गर्दा बिल… पुरा पढौ

विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन, ८ वैशाख। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत् महसुुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । उनीहरुबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो । केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन… पुरा पढौ

काठमाडौं-ढाका उडानकाे तयारी गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, ७ वैशाख । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिनुभयो । बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै… पुरा पढौ

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

काठमाडौं, ६ वैशाख । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल… पुरा पढौ

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश बैशाख ३ गतेसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, ३ वैशाख । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) को लाभांश सुरक्षित गर्ने आज (बैशाख ३ गते) अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि, बैशाख ४ गते 'बुकक्लोज' गर्ने निर्णय गरेसँगै लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आजको बजार समयसम्म शेयर कायम गर्नुपर्ने समय रहेकाे हो। के पाउँछन् शेयरधनीले ? कम्पनीको आगामी बाह्रौँ वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि निम्न लाभांश पारित गर्दैछ: ७ प्रतिशत बोनस शेयर: हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बराबरको… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

महेन्द्रनगर, १ वैशाख। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरुले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताइएको छ । यहाँको सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना)को काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताउनुभयो । “निर्माण व्यवसायीसित भएको मौज्दात इन्धन सकियो अब काम रोकिने अवस्थामा गइसक्यो”, उहाँले… पुरा पढौ