विकास

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाको प्रयास सह्नानिय : दातृ निकाय

काठमाडौं, १ चैत । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै ततअनुरुप आफ्नो नीति योजनामा समावेश एवं कार्यान्वयनमा ल्याइरहेको जनाइएको छ । संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम ( युएन ह्यबिट्याट), युरोपियन युनियन, विश्व बैंक, अमेरिकी विकास नियोग (युएसआइडी), परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घीय… पुरा पढौ

बजेट अभावले पाेखराकाे प्रदेश प्रहरी अस्पतालकाे भवन निर्माण पुरा भएन

कास्की ३० फागुन। पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा ४ वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपु प्रहरी र उनीहरुका परिवारको औषधि उपचार गर्ने उद्देश्यले विस २०७७ मा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो । उक्त अस्पतालको भवन निर्माणमा ६ करोड लागतको अनुमान गरिए पनि पछिल्लो दुई आर्थिक वर्षयता गण्डकी प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को… पुरा पढौ

धुलिखेल नगरपालिकामा शुरू भयाे ‘नमूना रोजगार कार्यक्रम’

काभ्रे, २९ फागुन । धुलिखेल नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ सुरु गरिएको छ । कार्यक्रममा स्थानीय बेरोजगार नागरिकलाई रोजगारी उपलब्ध गराउने जनाइएको छ । नगरले नमूना कार्यक्रमअन्र्तगत प्रारम्भिक चरणमा बेरोजगार तथा रोजगारदाताको तथ्याङ्क अद्यावधिक गरी जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालासँग अन्तक्र्रिया एवं निजी क्षेत्र तथा सरोकारवालासँग अन्तक्र्रियालगायत तालिमका कार्यहरू गरिने जनाएको छ । नगर रोजगार संयोजक सम्झना शर्माका अनुसार आउँदो आर्थिक वर्षमा धुलिखेलले रोजगारसम्बन्धी नमूना कार्यक्रम के–कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बृहत छलफल गरिएको छ । धुलिखेलमा… पुरा पढौ

छ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

भोजपुर, २७ फागुन । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ । पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण… पुरा पढौ

उत्पादनले बजार नपाउँदा महिला उद्यमी निरास

ढोरपाटन (बागलुङ), २६ फागुन । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरुले निरन्तर ढाका बुन्न थाले तर अहिले आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बनेका छन् । उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उनीहरु कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्ने गरेका छन् । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उनीहरुको गुनासो छ । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल… पुरा पढौ

अघि बढ्याे सीमापार विद्युत् प्रसारणलाइन निर्माणकाे काम

काठमाडौं, २४ फागुन । एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ । एमसिए–नेपालको सञ्चालक समितिको मङ्गलबार बसेको ४०औँ बैठकले सो निर्णय गरेको एमसिए–नेपालले जनाएको छ । यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ । सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ… पुरा पढौ

विकास निर्माणका काममा अब ढिलाइ हुने छैन : उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठ

काठमाडौं, २४ फागुन । सरकारका नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब विकास निर्माणका काममा अब ढिलाइ ढिलाइ नहुने बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन समेत दिएका छन । “विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमी कमजोरी… पुरा पढौ

उद्योग सञ्चालनको व्यस्त समयमा किन भयाे उखु अभाव ?

महोत्तरी, २३ फागुन । फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको छ । उद्योगको उखु पेल्ने र चिनी उत्पादन गर्ने क्षमताअनुसार दैनिक उखु आपूर्ति हुन नसक्दा दिन बिराएर सञ्चालन गर्नु परेको छ। “हाम्रो उद्योगले दैनिक ४० हजार क्विन्टल उखु पेल्छ तर केही दिनयता २५ हजार क्विन्टल उखु आइपुग्न पनि हम्मेहम्मे छ”, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्नुहुन्छ, “दैनिक पेलान क्षमताअनुसार… पुरा पढौ

बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी, २३ फागुन । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले बताए। “स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक… पुरा पढौ

बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्नका लागि सवारी साधन आवतजावत बन्द गरेर डोजर परिचालन गर्न थालिएको जानकारी दिए । सवारी साधनको चापले सडक विस्तारको… पुरा पढौ