विकास

पाँचखालमा निर्मित ‘उन्नत सौर्य ऊर्जा परियोजना’ उद्घाटन

काभ्रेपलाञ्चोक (पाँचखाल), ९ फागुन । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन गरिएको छ । ‘संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको आज आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्घाटन गरे । सो अवसरमा उनले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न… पुरा पढौ

मानपुर-डेडगाउँ-बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु

दमौली (तनहुँ), ९ फागुन । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ । विसं २०५१… पुरा पढौ

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल (इलाम), ९ फागुन । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका थिए । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए। चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित… पुरा पढौ

एमसीसी कार्यान्वयनको ६ महिनामा जग्गा प्राप्ति पनि भएन, ठेक्का प्रक्रिया समेत अनिश्चित

काठमाडौँ, ८ फागुन । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब ६ महिना पुग्न लागेकाे छ । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको छ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका कामसमेत टुङ्गिएका छैनन् । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारणलाइन र सडक निर्माणका काम सुस्त छ । आयोजनाको जग्गा अधिग्रहण… पुरा पढौ

लायन्सकाे सहयाेगमा पोखरामा बन्याे अन्तर्राष्ट्रिय झण्डा पार्क

पोखरा,७ फागुन। पोखराकाे महेन्द्रपुलमा लायन्सकाे सहयाेगमा अन्तर्राष्ट्रिय झण्डा पार्क बनेकाे छ । हालै नवनिर्मित उक्त झण्डा पार्कको आज समूद्घाटन समेत गरिएकाे छ। नेपालकै पहिलाे भनिएकाे याे झण्डा पार्क लायन्स इन्टरनेशनल अन्तर्गत नेपालका ५ वटा डिष्ट्रिक्ट (District 325 I, J, K, L, M) बाट प्राप्त करिब ७० लाखकाे आर्थिक सहयाेगमा निर्माण गरिएकाे हाे। कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स इन्टरनेशनलका डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी र मेयर धनराज आचार्यले उक्त अन्तर्राष्ट्रिय झण्डा पार्कको आज उद्घाटन गरेका हुन । उद्घाटन लगत्तै साे पार्क लायन्सकाे… पुरा पढौ

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणकाे ३१ प्रतिशत काम सकियो

निजगढ, ५ फागुन । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/0८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको हाे । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए । “ठेक्का लागिसकेका काममा प्रगति… पुरा पढौ

हेटौंडा सव स्टेसनको निर्माण अन्तिम चरणमा

काठमाडौं, १ फागुन । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन ४ सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००÷२२० केभी, २२०÷१३२ केभी र १३२÷११ केभी सवस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सवस्टेसनका उपकरणको जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेका छन् । सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति… पुरा पढौ

धरानकाे खानेपानी समस्या समाधानका लागि ५ अर्ब विनियोजन

धरान, २९ माघ । धरानकाे खानेपानी समस्या समाधानका लागि ५ अर्ब विनियोजन हुने भएकाे छ । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा ५ अर्ब विनियोजन गरिने बताएका हुन् । केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिए । मन्त्री राईले भने, “खानेपानीको सर्वेक्षण भइसकेको… पुरा पढौ

बजेट अभावले खानेपानी आयोजना सुरु हुन सकेन

ढोरपाटन , २८ माघ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । सङ्घीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुनसकेको छैन । खानेपानी आयोजना… पुरा पढौ

चालु वर्षमा टेलिकमका ५ वटा ‘बिटीएस टावर’ सञ्चालनमा

तुलसीपुर (दाङ), २८ माघ । दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् । यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताए। “विद्युत्का कारणले रोकिएका छन्”, उनले भने, “विद्युत्को… पुरा पढौ