विकास

भदौदेखि एमसिसी कार्यान्वयन गर्ने तयारी, करिब ९ अर्ब लागत बढ्ने अनुमान

काठमाडौँ, २१ साउन । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जनाएको छ । अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लाग्यो । यसबीचमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी कम्प्याक्ट संसद्बाट अनुमोदन भइसकेको छ । ईआइएफअघि पूरा… पुरा पढौ

मनकामना हाइड्रोपावरले साउन २८ देखि आइपिओ जारी गर्ने

काठमाडौं, २० साउन। मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले यहि साउन २८ गतेदेखिआइपिओ जारी गर्ने भएकाे छ । कंपनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेकाे हाे। आइपिओमा आवेदनकाे समय साउन ३१ गतेसम्म ताेकिएकाे छ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरकाे जारी पुँजी ८० करोड रहेकाे जनाएकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावितलाई यसअघि नै सेयर जारी गरिसकेको छ। कम्पनीले सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर बिक्रीका लागि छुट्याएको कंपनीकाे सुचनामा जनाइएकाे छ। उक्त सेयरमा कम्तिमा १० कित्तादेखि अधिकतम… पुरा पढौ

योजना कार्यान्वयनमा तिला गाउँपालिका अब्बल

जुम्ला, २० साउन । जुम्लाको तिला गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये योजना कार्यान्वयमा अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बिष्टले जानकारी दिए। आर्थिक वर्ष २०७९÷८० को आयव्यय, योजनाको… पुरा पढौ

ऊर्जा सङ्ग्रहालयमा परिणत हुदैं फर्पिङ जलविद्युत केन्द्र

काठमाडौं, १८ श्रावण । ५०० किलोवाट क्षमताको नेपालको पहिलो र एसियाकै दोस्रो फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयमा परिणत गरिने भएकाे छ। स्टेशनलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न नेपाल विद्युत प्राधिकरणले एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको बताइएकाे छ। ऐतिहासिक जलविज्ञान केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको पुनर्निर्माण र खाली जग्गामा नयाँ संरचना निर्माण गरिने बताइएकाे छ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको केन्द्रको जलाशय र पावर हाउस क्षेत्र वरिपरि ग्रीनपार्क, रेष्टुरेन्ट, पसल, जिपलाइन, पिकनिक स्पट,… पुरा पढौ

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

काठमाडौं, १८ साउन । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए। उपत्यकामा ग्वार्काेसँगै दुई चोक… पुरा पढौ

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी र पारदर्शी बनाइने

काठमाडाैं, १७ साउन । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भन्दै सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलका सचिव डा दामोदर रेग्मीले सरलीकृत र सबैले बुझ्न सक्ने गरी खरिद निर्देशिका बनाउने तयारी भइरहेको जानकारी दिए । “सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता वृद्धि भएमा मात्र सार्वजनिक खरिद प्रक्रिया प्रभावकारी हुन सक्छ”, उनले भने। सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्रविधिक विषय र यसका कानुन जटिल… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनाः वर्षौं बित्दापनि सम्पन्न हुँदैन काम

ढोरपाटन, १६ साउन । बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् । स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी… पुरा पढौ

६ करोडकाे सौर्य मिनिग्रिडबाट १ सय ९१ घरमा विद्युत सुबिधा

ओखलढुङ्गा, १४ साउन । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा रु छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ को लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि… पुरा पढौ

गत आवमा नेपालमा ३ सय २२ उद्योग थपिए, सवा २ खर्बकाे लगानी प्रस्ताव

काठमाडौं, १४ साउन। गत आर्थिक वर्षमा नेपालमा ३ सय २२ उद्योग दर्ता भएका छन्। स्वदेशी र विदेशीसहितका ति उधाेगले २ खर्ब १४ अर्ब लगानीको प्रस्ताव गर्दै उद्योग दर्ता गराएका हुन्। उद्योग विभागकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा साना उधाेग १ सय ८६ वटा, ठूला ६६ र मझौला ७० वटा उद्योग दर्ता भएका छन। ति उधाेगले २३ हजार ३ सय २४ जनालाई रोजगारी दिने समेत रिपाेर्टमा उल्लेख गरेका छन्। विभागले गत वर्ष ३३ अर्ब १४ करोड रुपैयाँ बराबर विदेशी लगानीका ३… पुरा पढौ

नेपाललाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा व्यवसायी बस्नेत

काठमाडौं, १३ साउन । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिस सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो… पुरा पढौ