विकास

भारतले नेपालका थप ४ आयोजनाको १ सय ८० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं, १९ भदौ । नेपालले १ सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । नेपालले यसअघि ४ सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप ४ वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ । नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट १ सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश… पुरा पढौ

वर्षाका कारण पुल्चोक-गोन्द्राङ ६ लेन सडकको काम प्रभावित

चितवन, १९ भदौ । वर्षाका कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत ६ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “४-५ दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।” अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेको उनले जानकारी दिए। यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकका २ पुल दसैँअघि सञ्चालन हुने

चितवन, १७ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको… पुरा पढौ

हेटौँडा-काठमाडौँ जोड्ने सडकखण्ड पुसभित्र निर्माण सम्पन्न गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

मनहरी, १५ भदौ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डलाई आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने बताएका छन्। प्रदेशको राजधानीलाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने मार्गहरू पहिराको उच्च जोखिम रहेको र सामान्य वर्षा हुँदासमेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदा समस्या हुने गरेको भन्दै उनले उक्त सडकखण्ड समयमै निर्माण सक्न चासो दिएको बताए। उनले उक्त सडकखण्ड निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिइसकेको दाबी गर्दै मुख्यमन्त्री जम्कट्टेलले पुस महिनापछि हेटौँडा–काठमाडौँ आवतजावतमा सहज… पुरा पढौ

५० करोड अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौं, १३ भदाै। मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना औपचारिक रुपमा आजबाट कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । बुधबार अर्थ मन्त्रालयमा सरोकारवालाहरूको उपस्थितिमा भएकाे कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन उपाध्यक्ष क्यामेरोन अल्फोर्डले पत्र आदानप्रदान गरी एमसीसी सुभारम्भकाे घाेषणा गरेका थिए। नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो। एमसीसी अन्तर्गत ३ सय १५ किलोमिटर ४ सय केभी प्रसारणलाइन र ३ वटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग… पुरा पढौ

कास्कीलाई बिकासमा नमूना बनाऔं-जि.स.स. प्रमुख पौडेल

पाेखरा, १३ भदाै । पोखरा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई बिकासमा नमूना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिमको समापनको अबसरमा सो कुरा बताए । पौडेलले बिकासका काम युग सुहाउदो, समय सापेक्ष र वडामा बिकास प्रभाबकारी हुन नसकेको गुनासो सुन्नु नपरोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरीएको उल्लेख गरे। उनले जनप्रतिनिधिहरूको सबलीकरणमा तालिम कोषेढुंगा साबित भएको दाबी गरे ।… पुरा पढौ

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले गर्याे ५ जलविद्युत आयोजनासँग सम्झाैता

काठमाडौं, १२ भदाै। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ५ वटा जलविद्युत कम्पनीसँग ग्रिड कनेक्सनकाे सम्झौता गरेको छ। ग्रिड कम्पनीले अपर सांगे हाइड्रोपावर लिमिटेड, यारु हाइड्रोपावर लिमिटेड, वाटर इनर्जी डेभलपमेन्ट प्रालि, बुढीगण्डकी हाइड्रोपावर र सनस्टार इनर्जी लिमिटेडसँग ग्रिड कनेक्सन सम्झौता गरेको हो। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा ग्रिड कनेक्सन सम्झौता भएकाे थियाे। कम्पनीका प्रतिनिधि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झाैता अनुसार यि कम्पनीहरूले ह्‍विलिङ चार्ज तिरेपछि कम्पनीका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण… पुरा पढौ

रानीजमरा सिँचाइ आयोजनाकाे बजेट खर्च अत्यन्त न्यून

भजनी, १२ भदौ । रानीजमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३०… पुरा पढौ

९ वर्षमा थपियो ३ हजार १ सय किमि प्रसारण लाइन

काठमाडौ, १० भदौ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रुपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन… पुरा पढौ

एचआइडिसिएलले ४ जलविद्युत् आयोजनामा १३ अर्ब ऋण लगानी गर्ने

काठमाडौं, ९ भदौ । हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चारवटा जलविद्युत् आयोजनामा रू १३ अर्ब लगानी गर्ने भएको छ । कम्पनीले औपचारिक कार्यक्रम गरि दुईवटा सार्वजनिक र दुईवटा निजी क्षेत्रका जलविद्युत् आयोजनासँग ऋण लगानी गर्नेसम्बन्धी समझदारीपत्र आदान–प्रदान गरेको हो । एचआइडिसिएलले निजी क्षेत्रतर्फ तमोर इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको दुई सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनामा रू चार अर्ब र सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ५६ मेगावाट उत्पादन क्षमताको सानिमा जुम जलविद्युत् आयोजनामा रू… पुरा पढौ