काठमाडौं, २१ चैत । सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटाको लिखु गाउँपालिका, म्याग्दीको रघुगंगा, पाल्पाको रिब्दीकोट, गुल्मीको रुरु क्षेत्र, जुम्लाको तातोपानी र दार्चुलाको अपिहिमाल गाउँपालिकामा सरकारले औद्योगिक ग्राम घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । सरकारले ती स्थानीय तहमा औद्योगिक क्षेत्रको सीमांकन समेत गरेको छ ।
पुरा पढौ