विकास

‘तनहुँ जलविद्युत् आयोजना’ निर्माणका लागि एक अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण

दमौली, २० पुस । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरिएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युत्गृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण गरिएको छ । त्यसका लागि रु ४० करोड मुआब्जा वितरण गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी… पुरा पढौ

‘सुनकोशी-तेस्रो’ को अनुमानित लागत १६० अर्ब रुपैयाँ

काठमाडौं, २० पुस । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि एक खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागले सो आयोजनाको सम्भाव्यता अध्ययन गर्दा उक्त लागत लाग्ने अनुमान गरेको हो । आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको पनि विभागले जनाएको छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार यो आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तथा जैविक, आर्थिक र सामाजिक अध्ययन गरी मस्यौदा प्रतिवेदनको तयारी सकिएको… पुरा पढौ

जाजरकोट-जुम्ला सुरुङमार्ग : सम्भाव्यता अध्ययन सुरु

जाजरकोट, २० पुस । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए। “सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो”, उनले… पुरा पढौ

ऊर्जा मन्त्रीद्वारा ‘भोर्ले कुलो’ को शिलान्यास

काठमाडौं, १९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गोदावरी नगरपालिकास्थित ‘भोर्ले कुलो मुहान निर्माण’ को शिलान्यास गरेकी छन् । ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो कुलोको मुहान निर्माण गर्न सुरु गरिएको हो । जिल्लाको उत्तर-पश्चिम गोदावरी-९ स्थित नख्खु खोला किनारमा आज आयोजित कार्यक्रममा उनले ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ उपलब्ध गराउने अभियानलाई पूरा गर्ने बताइन् । उनले पानीको स्रोत पहिचान गरी लिफ्ट, बोरिङ तथा सतहको पानी प्रयोग गरेर सिँचाइ पुर्‍याइने बताइन् । मन्त्री भुसालले भनिन्, ‘ललितपुरका सबै… पुरा पढौ

धादिङमा ‘लायन्स नमूना उद्यमी गाउँ’ शुभारम्भ, ८ लाख बराबरको सामग्री हस्तान्तरण

धादिङ, १९ पुष । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम १४ जिल्लामा लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगत अाइतबार धादिङको निलकन्ठ नगरपालिका ९ को हटिया गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा शुभारम्भ गरिएको छ । निलकन्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुगांनाको प्रमुख आतिथ्यतामा उक्त हटिया गाँउलाई लायन्स उद्यमी नमुना गाँउ घोषणा गर्दै सुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी निलकन्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुगांनाले सामाजिक संस्था लायन्सले गरेकाे सेवा कार्यहरुको प्रसंसा गर्दै याे गाँउलाइ नमुना उद्यमी… पुरा पढौ

जगदुल्ला जलविद्युत् आयोजना निर्माण कार्य अर्को वर्षदेखि

जाजरकोट, १८ पुस । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ । जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् । आयोजनाको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पामात्र नभई कर्णालीकै भविश्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए । सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँमा आयोजनाको काम अघि बढेको र त्यसका लागि… पुरा पढौ

रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन

नवलपुर, १८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन् । उनले गण्डकीमा रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भएकाे बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए। उनले भने, गण्डकी प्रदेशमा अहिले… पुरा पढौ

टोखा नगरपालिका ‘राजस्व सङ्कलन र विकास निर्माणका काममा सक्रिय

काठमाडौ‌, १७ पुस । टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । टोखा नगरपालिकाको सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताए। “कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ”, उहाँले भन्नुभयो । टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उनको भनाइ छ । नगरपालिकाका… पुरा पढौ

नौ करोड लगानीमा खानेपानी आयोजना निर्माण हुने

रुकुम (पूर्व), १७ पुस। रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे। लुम्बिनी प्रदेश सरकारको रु नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने… पुरा पढौ

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम हुँदै

जाजरकोट, १६ पुस । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ । आयोजना गरिएको सार्वजनिक सुनवाईका क्रममा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले भने, मुड्केचुला गाउँपालिका–४ इलमा सो आयोजनाको विद्युत् गृह तथा जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध निर्माण गरिनेछ । जगदुल्लासँगै निर्माणको योजना बनाएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण हुन सकेको छैन । सो आयोजनाको… पुरा पढौ