विकास

बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने

बुटवल, २० चैत । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ। सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो। निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिबाट खुकुला ढुंगाहरू पहरोबाट खस्ने भएकाले सडक सञ्चालन गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने… पुरा पढौ

गोंगबुस्थित विष्णुमतीमा ४ करोड लागतमा बन्न लागेको पुलको शिलान्यास

काठमाडौं, १९ चैत। टोखा नगरपालिकाअन्तर्गत वडा नम्बर ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आइतबार शिलान्यास गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको जगपूजा गरी शिलान्यास गएका हुन् । नगरपालिकाको बजेटबाट निर्माण हुने उक्त पुल पुष्पाञ्जलि रालुकादेवी निर्माण कम्पनीले करिब चार करोड रुपैयाँमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ। उक्त अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे।… पुरा पढौ

राष्ट्रिय गौरवको लोकमार्गको क्षेत्रमा मिचेर पक्की संरचना

गलकोट, १९ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५÷२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचेर पक्की संरचना बनाइरहेको छ । स्थानीय तहलाई खबरै नगरी मध्यपहाडी लोकमार्ग आगोजना कार्यालयको पत्रलाई सेमत बेवास्ता गर्दै संरचना निर्माण गरिरहेको पाइएको छ । निजी घर निर्माण गर्दा २५ मिटर मापदण्ड छाडेर निर्माण भइरहे पनि… पुरा पढौ

६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार हुदैं

चितवन, १७ चैत । ६ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ। भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ। उनले भनिन्, ‘यो ५ वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल गर्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास… पुरा पढौ

रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर निर्माण सुरु

काठमाडौं, १४ चैत । भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल १३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । ‘भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङ्कण)को प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ’, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भने, ‘एक महिनाभित्र डिपिआर तयार भइसक्छ ।’ डिपिआर स्वीकृतपछि निर्माणले गति लिने उनको भनाइ छ । नेपाल र भारतबीच २०७६ साल भदौ १५ मा रक्सौल–काठमाडौँ… पुरा पढौ

हटिया-ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्रे

गलकोट, १३ चैत । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट… पुरा पढौ

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन समयमै पुरा गर्न प्राधिकरणले गर्याे ताकेता

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई शीघ्र सम्पन्न गर्न सम्वद्ध पक्षलाई ताकेता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले सो प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो । नयाँ खिम्तीमा चार सय केभी क्षमताको सवस्टेसन निर्माण र सवस्टेसनको क्षमता वृद्धिका लागि २२०÷१३२÷३३ केभी, २०० एभिए… पुरा पढौ

राप्ती लोकमार्ग बिग्रियो, दुर्घटनाको जोखिम बढ्याे

तुलसीपुर, १२ चैत । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, “दुर्घटनाको जोखिम उत्तिकै छ ।” सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि… पुरा पढौ

व्यवसायीको सफलतामा मात्र समृद्ध नेपाल सम्भव छ: मुख्यमन्त्री अधिकारी

पाेखरा, १० चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताएका छन । होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग व्यवसाय सफल भएमात्र व्यवसायी सफल हुन्छन् र उनीहरुको सफलताले नै समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्ने बताएका हुन । सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सिर्जना गर्ने र यसबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई स्वदेशमै रोक्ने पनि उनले बताए । “मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवा विदेश पलायनमा… पुरा पढौ

पहिलो पटक केन्द्रीय लाइन पुगेपछि छापगाउँमा खुसीयाली

ढोरपाटन, ९ चैत । बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज… पुरा पढौ