शिक्षा

त्रिविद्वारा भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन

काठमाडौं, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन । परीक्षा भने छठ लगत्तै हुन थालेको छ । “कोभिड–१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “अन्य ठाउँमा… पुरा पढौ

नोभेल एकेडेमी १९ औं वर्षमा प्रवेश

पोखरा, १७ मंसिर । पोखराको न्यूरोडमा रहेको नोभेल एकेडेमी आजबाट १९ औं वर्षमा प्रवेश गरेको छ । सन् २००२ डिसेम्बर २ मा स्थापित यस कलेजले ए लेभलको शिक्षा पोखरामा पहिलो पटक भित्राएर कलेज शुरु गरेको थियो । हाल गण्डकी प्रदेशको उत्कृष्ट कलेजको रुपमा परिचित नोभेल एकेडेमीमा हाल ए लेभल, बि.बि.ए., एमबिए, ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी संकायमा विद्यार्थीहरु अध्ययन गरिरहेको कलेजका संस्थापक अध्यक्ष एवं सिइओ विश्वेश्वर आचार्यले सफल आवाजलाई बताए । हाल सञ्चालनमा रहेका सबै संकाय निजी कलेजमा भित्र्याउने… पुरा पढौ

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौं, १७ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । समस्या समाधानका लागि आयोगलाई पटकपटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको परीक्षार्थीले जनाएका छन् । आयोगको गत कात्तिक २६ गतेको सूचनामा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, कृषि तथा पशु विज्ञान, विज्ञान तथा प्रविधिअध्ययन संस्थान, मानविकी तथा सामाजिक… पुरा पढौ

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौं, १६ मङ्सिर । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा लागेका छन् । शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण… पुरा पढौ

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने

ललितपुर, १६ मंसिर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए।… पुरा पढौ

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीनः अध्ययन

काठमाडौं, १४ मङ्सिर । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरुले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको हो । सिकाइ प्रभावकारी नहुँदा यसको शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरुको भनाइ छ । शैक्षिक नागरिक क्षेत्रको साझा सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ ले ‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड–१९ को असर’ विषयक विभिन्न प्रदेशका… पुरा पढौ

प्राविधिक शिक्षा पढाउन आवश्यक छः उपाध्यक्ष डा.कँडेल

धादिङ, १४ मंसिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गरेका छन् । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गनुपर्ने बताए । बजारमा प्राविधिक विषयको अध्ययन गर्ने जनशक्तिको माग धेरै भए पनि पढाइ नभएका कारण मागसमेत परा गर्न नसकेको यसतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा.कँडेलको भनाइ छ । कार्यक्रममा सांसद खेमप्रसाद लोहनीले जिल्लाको शिक्षाको विकास क्याम्पसले गरेकोले यसलाई सबैको पहुँचमा हुनेगरी… पुरा पढौ

पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने

काठमाडौं, १४ मङ्सिर । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत मिलेको बताएका छन । उनले पुनःनिर्माणका अनुभव र सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुनेमा जोड दिए । प्राधिकरणले तयार गर्न… पुरा पढौ

स्थानीय तहको निर्णयमा विद्यालय खुल्दै

काठमाडौं, १३ मङ्सिर । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको… पुरा पढौ

काठमाडौं महानगरपालिकाद्वारा पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना

काठमाडौं, १३ मङ्सिर । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भने पनि कारोना भाइरसका कारण पठनपाठन ठप्प हुँदा पाठ्यक्रम लागू हुन नसकेको हो । महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालका अनुसार हाल महानगरमा सञ्चालित ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा आगामी शैक्षिकसत्रदेखि अनिवार्य रुपमा आधारभूत तहमा स्थानीय पाठ्क्रम लागू गरिनेछ । पठनपाठनका लागि पाठ्यसामग्री तयारी अवस्थामा रहेको छ । संस्थागत विद्यालयमा… पुरा पढौ