पोखरा, १२ असार। रातो बङ्गला फाउन्डेसन, ललितपुकाे आयाेजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी ?’ विषयक दुई दिने प्रादेशिक सम्मेलन शुक्रबारदेखि सुरु भएकाे छ । सम्मेलनका साझेदार संस्थाहरुमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा महानगरपालिका, कुमुदिनी हाेम्स र राताे बङ्गला स्कुल ललितपुर रहेका छन् । पाेखरा ४ गैह्रापाटनमा रहेकाे यस क्षेत्रकाे प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सञ्चालन गरिएकाे सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि स्थानीय र राष्ट्रियस्तरका अनुभवहरू आदान प्रदान तथा छलफल गरिएकाे…
पुरा पढौ