अन्तर्राष्ट्रिय 🗺

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना

नयाँदिल्ली, २१ साउन । घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ । उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् । “थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदिसहित... प्रयासलाई तीव्रता दिन थालिएको छ”, सेनाले बुधबार भनेको… पुरा पढौ

भारतीय माझी श्रीलङ्काबाट पक्राउ

रामेश्वरम, तामिलनाडु, २१ साउन । श्रीलङ्काली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरूलाई पक्राउ गरेको छ । माछा मार्न गएका माझीमध्ये चारजनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरिएको थियो भने मङ्गलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो । तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ । सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलङ्काली नौसेनाले डुङ्गामा माछा मार्न गएका १० माझीहरूलाई पम्बनबाट पक्राउ गरेको जनाएको छ ।… पुरा पढौ

श्रीलङ्का : बदनाम प्रहरी प्रमुखको महाभियोगमा बहस गर्दै

कोलम्बो, २० साउन । श्रीलङ्काको संसद्ले मङ्गलबार दुर्व्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी प्रमुख देशबन्धु तेन्नाकोनलाई बर्खास्त गर्ने प्रस्तावमा बहस गरिरहेको छ । यो पहिलो पटक कुनै प्रहरी महानिरीक्षकले महाभियोगको सामना गरिरहेको हो । चौवन्न वर्षीय तेन्नाकोन मुलुकको इतिहासमा बर्खास्त हुने पहिलो प्रहरी प्रमुख बन्नुहुनेछ । अनुशासनात्मक सुनुवाइले उहाँलाई ८५ हजार बलियो कानून प्रवर्तन बलको नेतृत्व गर्न अयोग्य ठहर गरेको छ । “यो संसदले... प्रहरी महानिरीक्षक श्री देशबन्धु तेन्नाकुनलाई छानबिन समितिले दोषी ठहर गरेको निष्कर्षका आधारमा... आइजिपीको पदबाट हटाउने निर्णय… पुरा पढौ

यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु

दुबई, १९ साउन । यमनमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार डुङ्गामा अधिकांश इथियोपियालीहरू थिए भने डुङ्गा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् । हालसम्म डुङ्गामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ । यसअघि आइतवार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले… पुरा पढौ

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दाय

सिड्नी, १९ साउन । अस्ट्रेलियाली प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ । सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्य रुपमा सूचना सङ्कलन गरिरहेकी थिइन् । नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन्। अस्ट्रेलियाली सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भने, “चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पु¥याउने उद्देश्यले यो… पुरा पढौ

चार सय ५० वर्षमा पहिलोपटक रूसमा ज्वालामुखी विस्फोट

मस्को, १८ साउन । रुसको पूर्वी कामचटका क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक ज्वालामुखी विस्फोट भएको देशको आपत्कालीन विभागले आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि जनाएको छ । रूसी राज्य मिडियाले जारी गरेको तस्बिरहरूमा स्मिथसोनियन इन्स्टिच्युटको ग्लोबल ज्वालामुखी कार्यक्रमअनुसार सन् १५५० मा अन्तिम पटक विस्फोट भएको क्रासेनिनिकोभ ज्वालामुखीबाट खरानी निस्किरहेको देखिन्छ । यो धुवाँ छ हजार मिटर (१९ हजार सात सय फिट) उचाइसम्म पुगेको अनुमान गरिएको कामचटकाको आपत्कालीन अवस्था मन्त्रालयले टेलिग्राममा एक पोस्टमा जनाएको छ । “धुवाँ… पुरा पढौ

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको सङ्केत

नयाँदिल्ली, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्न नहुने बताएको छ । शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण निर्देशित भएको बताए। नयाँदिल्लीले रुसी तेल खरिद गरेको कारण भारतबाट आउने सामानमा २५ प्रतिशत… पुरा पढौ

चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु

बेइजिङ, १८ साउन । आफ्नो साझेदारीलाई बलियो बनाउन र अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थाको सन्तुलन कायम गर्न खोजिरहेका चीन र रुसले आइतबार जापान सागरमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् । आर्थिक र राजनीतिक सम्बन्धका साथै मस्को र बेइजिङले हालका वर्षहरूमा आफ्नो सैन्य सहयोगलाई बलियो बनाएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उनीहरूको सम्बन्ध गहिरो भएको छ । ‘संयुक्त सागर–२०२५’ अभ्यास रूसी बन्दरगाह भ्लाडिभोस्टक नजिकैको पानीमा सुरु भएको र तीन दिनसम्म चल्ने चीनको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्तिमा… पुरा पढौ

किएभ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

किएभ, १६ साउन । युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट २ वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रबार मृतकको सङ्ख्यामा संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी गराएको छ । मन्त्रालयले बिहीबारको आक्रमणमा १६ जना बालबालिकासहित १५९ जना घाइते भएको बताएको छ । दक्षिणपूर्वी युक्रेनको जापोरिझियामा शुक्रबार भएको रूसी आक्रमणमा… पुरा पढौ

गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा- डब्लुएचओ

गाजा, १६ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेकोसमेत जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ अङ्गभङ्ग तथा चरम कुपोषणको शिकार भई तत्काल आवश्यक उपचारको अभावमा मृत्युको जोखिममा रहेको जनाएको छ । गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति… पुरा पढौ