अन्तर्राष्ट्रिय 🗺

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

सियोल, १५ साउन । दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थित हुन अस्वीकार गरेपछि उहाँलाई सोधपुछका लागि जबरजस्ती ल्याउन जारी वारेन्टले अभियोजकहरूलाई सक्षम बनाएको छ । युन र उहाँकी श्रीमती, पूर्व प्रथम महिला किम केओन हीको अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमा भने, “पूर्वराष्ट्रपति युन सुक येओलका लागि आज गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।” युनले डिसेम्बर ३ मा नागरिक शासनलाई अन्त्य गर्न खोज्दा दक्षिण कोरियालाई… पुरा पढौ

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

वासिङ्टन, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरे। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताए। साथै सोही दिन अन्य भन्सार वृद्धिहरू– जसमा केही ५० प्रतिशतसम्म हुनेछन्– पनि लागु हुनेछन् । छुट्टै पोस्टमा ट्रम्पले अगस्ट १ को समयसीमा ‘बलियो छ र विस्तार गरिने छैन’ भने। उनले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि… पुरा पढौ

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो

पेरिस, १८ साउन । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आर्थिक वृद्धिले गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । युरोक्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन अप्रिल र जुनको बीचमा पहिलो त्रैमासिकको ०.१ प्रतिशतको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको छ । यो ०.२ प्रतिशतको वृद्धिको अनुमानभन्दा केही बढी हो। संयुक्त राज्य अमेरिकाले अप्रिलमा सुरु गरेको व्यापार युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार वातावरण अनिश्चित भएको अवस्थामा विदेशी व्यापारले समग्र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ०.२ प्रतिशतको नकारात्मक योगदान गरेको छ… पुरा पढौ

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो, १४ साउन । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे (२३०४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो । रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा… पुरा पढौ

भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

मियुन (चीन), १३ साउन । बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको राज्य सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ । मौसम अधिकारीहरूले राजधानी, छिमेकी हेबेई र तियानजिनका साथै उत्तरी, पूर्वी र दक्षिणी चीनका अन्य १० प्रान्तका लागि दोस्रो उच्च वर्षाको चेतावनी जारी गरेको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । वर्षा बुधबारसम्म जारी रहने अपेक्षा गरिएको छ । “सोमबार मध्यरातसम्म पछिल्लो चरणको भारी… पुरा पढौ

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

नयाँदिल्ली, १३ साउन । मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो । स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ जाँदै गरेको बताए। “बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ”, दुबेले सामाजिक सञ्जालमा भन्नुभयो । तीर्थयात्रीहरूले… पुरा पढौ

अमेरिका र चीनबीच अमेरिकी कर वृद्धिबारे सम्झौताका लागि पुनः वार्ताको तयारी

स्टकहोम, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति एक महत्वपूर्ण हप्तामा प्रवेश गर्दै गर्दा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच सोमबार वार्ता हुनेभएको छ । विश्वका शीर्ष दुई अर्थतन्त्रबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्ता आगामी दुई दिनसम्म चल्नेछ । अन्य देशहरू पनि वासिङ्टनसँग सम्झौतालाई अन्तिम रूप दिन हतारिएका बेला यो वार्ता हुन लागेको हो । दर्जनौं व्यापारिक साझेदारहरूका लागि आगामी दिनहरूमा सम्झौता गर्न असफल हुनुको अर्थ उनीहरूले आगामी शुक्रबार (अगस्ट १) देखि संयुक्त राज्य अमेरिकामा निर्यातमा… पुरा पढौ

युद्धविराम आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच झडप

साम्राओङ (कम्बोडिया), ११ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ । लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सीमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा फसेका छन् । दुवै पक्षबीच झडप हुँदा कम्तीमा ३३ जनाको मृत्यु पुष्टि भएको छ र दुई लाखभन्दा बढी विस्थापित भएका छन् । शनिबार राति ढिलो ट्रम्पले दुवै प्रधानमन्त्रीसँग कुरा गरेपछि र… पुरा पढौ

एआई नियमनमा तत्काल ‘विश्वव्यापी धारणा’ आवश्यक भएको राष्ट्रसङ्घका प्रविधि प्रमुखको भनाइ

जेनेभा, ११ साउन । संयुक्त राष्ट्रसङ्घका उच्च प्रविधि प्रमुखले कृत्तिम बौद्धिकता (एआई) को नियमनका लागि विश्व समुदायले तत्काल विश्वव्यापी दृष्टिकोण खोज्नुपर्ने बताएका छन् । राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) का प्रमुख डोरिन बोगदान–मार्टिनले एएफपीसँग कुरा गर्दै एआईले वास्तवमै मानवतालाई फाइदा पु¥याउन सक्ने विश्वास व्यक्त गरे। तीव्र गतिमा अघि बढिरहेको प्रविधिले ठूलो संख्यामा रोजगारी गुम्ने डर, डिपफेक र गलत सूचनाको फैलावट र समाजमा यसको प्रयोगले पार्ने नकारात्मक प्रभाव र जोखिमका बारेमा चिन्ता बढ्दै जाँदा उनले नियमन मुख्य रहेकोप्रति जोड दिए। उनले… पुरा पढौ

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

इस्तानबुल, ११ साउन । हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ मानिसलाई आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् । उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो । बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने… पुरा पढौ