अन्तर्राष्ट्रिय 🗺

अमेरिकाद्वारा युक्रेनलाई केही सैन्य सहायता पठाउन रोक

वासिङ्टन, १८ असार । ह्वाइट हाउसले मङ्गलबार युक्रेनलाई बाइडेन प्रशासनको समयमा रुसी आक्रमणविरुद्धको लडाइँका लागि प्रतिज्ञा गरिएका केही मुख्य हतियार पठाउन रोकेको बताएको छ । तीन वर्षे युद्धका केही सबैभन्दा ठूला रुसी मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको युक्रेनलाई गोलाबारुद र वायु रक्षा प्रणालीसहित अन्य सैन्य सहायताको ढुवानी रोक्नुले ठूलो धक्का हुने सम्भावना छ । “हाम्रो देशको सैन्य समर्थन र विश्वभरिका अन्य देशहरूलाई सहयोगको डिओडी (रक्षा विभाग) समीक्षापछि अमेरिकाको हितलाई पहिलो प्राथमिकता दिन यो निर्णय गरिएको हो”, ह्वाइट हाउसका उप… पुरा पढौ

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

वासिङ्टन, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेका छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरे। यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ । अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताए। “इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध… पुरा पढौ

दक्षिणी भारतमा औषधि कारखानामा विस्फोट, ३६ जनाको मृत्यु

हैदराबाद (भारत), १७ । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जी.भी. नारायण रावले बताए। अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले बताए। उनका… पुरा पढौ

भारत जाने विमानमा फेरि सर्प जफत

नयाँदिल्ली, १६ असार । मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो । “भन्सार अधिकारीहरूले... थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन्”, भारतीय वित्तीय केन्द्रको विमानस्थलमा भन्सार अधिकारीहरूले भने । आइतबार आइपुगेका यात्रुलाई पक्राउ गरिएको छ । भन्सार एजेन्सीले एक विज्ञप्तिमा भन्यो, “थप अनुसन्धान भइरहेको छ ।” जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए… पुरा पढौ

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम

इस्लाम काला, अफगानिस्तान, १६ असार । जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् । तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ । जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । सन् २०२५ जनवरीदेखि… पुरा पढौ

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव

संयुक्त राज्य अमेरिका, १५ असार । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् । बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्याण्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको व्यवसायमा कसरी काम गर्न थाले भन्ने कुरा कोट्याउँदै भने, “म मेरो टिनका क्यान उत्पादन कम्पनीलाई आगामी पुस्तासम्म जीवित राख्न कटिबद्ध रहेको… पुरा पढौ

तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि

तेहरान, १५ असार । तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ । तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् । “इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ । इजरायलले जुन १३ मा सुरु गरेको… पुरा पढौ

फ्रान्समा समुद्र तट र पार्कमा धुम्रपान निषेध, नियम उल्लङ्घन गरे ७०० युरोसम्म जरिवाना

पेरिस, १५ असार । फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धुम्रपान गर्न रोक लगाइएको छ । बालबालिकालाई निष्क्रिय धुम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ । शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् । समुन्द्री किनारमा बालबालिकालाई धुम्रपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागू गरिएको… पुरा पढौ

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

बैङ्कक, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए। वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए। लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिएका छैनन्। “हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ”, ट्रम्पले बिहीबार राति भने। लुटनिकले यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ बताए। यो मे महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम हो । वार्ताले… पुरा पढौ

भारतमा ‘अप्राकृतिक’ रूपमा मरेको भनिएका पाँच बाघबारे अनुसन्धान शुरू

नयाँदिल्ली, १३ असार । भारतको दक्षिणी राज्य कर्नाटकको संरक्षित जङ्गलमा लोपोन्मुख बघिनी र त्यसका चार वटा बच्चा मृत अवस्थामा फेला परेपछि भारतले अनुसन्धान सुरु गरेको छ । राज्यका वनमन्त्री ईश्वर खान्द्रेले वन्यजन्तुको ‘अप्राकृतिक’ मृत्यु ‘अत्यन्त दुःखद र पीडा’ को बिषय भएको र यसको अनुसन्धानका लागि एक टोली गठन गरिएको बताए। स्थानीय सञ्चारमाध्यमका अनुसार वन अधिकारीहरूले उनीहरूको विषाक्तताको कारण मृत्यु भएको आशङ्का गरेका छन् । द टाइम्स अफ इन्डियाका अनुसार बघिनीले केही दिनअघि एउटा गाई मारेको थियो । गाई खाएको आक्रोशमा गाइको… पुरा पढौ