अन्तर्राष्ट्रिय 🗺

आजदेखि १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

वासिङ्टन, २६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उनको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी… पुरा पढौ

जलवायु परिवर्तनले भारतीय किसानहरूको आत्महत्याको जोखिम वृद्धि

बिड ९भारत०, २६ जेठ । भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उहाँका पतिले आत्महत्या गरेपछि उनको जमिनले ऋण मात्रै उब्जाएको बताइन्। भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले नयाँ दबाब थपेको छ । पानीको अभाव, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाका कारण घट्दो उत्पादन, अशक्त ऋणले भारतको एक अर्ब ४० करोड जनसङ्ख्याको ४५ प्रतिशतलाई रोजगारी… पुरा पढौ

कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा, २५ जेठ । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ । अन्य तस्बिरहरूमा उहाँ रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ । मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ । महान्यायाधिवक्ता लुज एड्रियाना… पुरा पढौ

अमेरिकी एयरोस्पेस उद्योग राष्ट्रपतिको कर नीतिका कारण चिन्तित

न्यूयोर्क, २५ जेठ । अमेरिकी वायुसेवा र एयरोस्पेस निर्माताहरूले कर संरक्षण उनीहरूको लागि लाभकारी कार्य नभएको बताएका छन्। ट्रम्प प्रशासनको प्रस्तावित करले यस क्षेत्रले ७० वर्षभन्दा बढी समयदेखि उपभोग गर्दै आएको स्वस्थ व्यापार अधिशेषलाई समाप्त गर्न सक्ने चेतावनी उनीहरूले दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा वाणिज्य मन्त्री हावर्ड लुटनिकको विभागले मे १ मा नागरिक विमान र इन्जिनलगायतका पार्टपुर्जामा १० देखि २० प्रतिशतसम्म कर लगाउने वा नलगाउने भन्ने बिषयमा अनुसन्धान गरेको हो । अमेरिकी उद्योगले ती करहरू द्रुत रूपमा रक्षा… पुरा पढौ

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, बजारमा सकारात्मक सङ्केत

न्युयोर्क, २४ जेठ । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क… पुरा पढौ

रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

श्रीनगर (भारत), २३ जेठ । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर पुगेका छन्। उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गरे। सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहेका छन् । आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा… पुरा पढौ

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

मुम्बई, २३ जेठ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ । अधिकांश विश्लेषकले २५ आधार अङ्कको कमीको अपेक्षा गरेका थिए । यो कटौती यसको लगातार तेस्रो थियो र मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको अर्थतन्त्र चार वर्षको सबैभन्दा… पुरा पढौ

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

किएभ २३ जेठ । रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा २० जना घाइते भएको जनाइएको छ । रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । “पटक पटक रूसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किएभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेको छन्,” युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत दिएको जानकारीमा उल्लेख छ । किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको… पुरा पढौ

नाटोलाई रक्षा खर्च बढाउने सम्झौता गर्न अमेरिकाको दबाब

ब्रसेल्स, २२ जेठ । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिएका छन् । ट्रम्पले गठबन्धनका सदस्यहरूलाई नेदरल्यान्ड्समा जुन २४–२५ मा हुने बैठकमा रक्षा बजेट आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म बढाउन सहमत हुन माग गरे । नाटो प्रमुख मार्क रुटले सन् २०३२ सम्ममा सैन्य खर्चमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन दशमलव पाँच प्रतिशत र पूर्वाधार जस्ता सुरक्षा क्षेत्रमा… पुरा पढौ

बाइडेनको स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ को अनुसन्धान गर्न ट्रम्पको आदेश

वासिङ्टन, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार जो बाइडेनको ह्वाइट हाउसमा रहेको समयमा उनको संज्ञानात्मक स्वास्थ्यमा आएको गिरावटलाई लुकाउने ‘षड्यन्त्र’ भएको रिपब्लिकनहरूको दाबीको अनुसन्धान गर्न आदेश दिएका छन् । यो कदम ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपतिलाई बदनाम गर्ने लामो अभियानको पछिल्लो चरण हो । यसमा रिपब्लिकन पार्टीका राजनीतिज्ञहरू र रूढिवादी मिडियामा उनीहरूका समर्थकहरू सामेल भएका छन् । तर यो डेमोक्रेटहरूको बढ्दो समूहले पूर्व राष्ट्रपति हालैका वर्षहरूमा खस्किएको देखिएका छन् भनेर स्वीकार गर्न थालेको बेला आएको छ । ती चिन्ताहरू… पुरा पढौ