अन्तर्राष्ट्रिय 🗺

अमेरिकी अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का

वासिङ्टन, १५ जेठ । अमेरिकी सङ्घीय अदालतले बुधबार डोनाल्ड ट्रम्पको व्यापक आयात भन्सार शुल्कहरूलाई प्रभावमा आउनबाट रोकेको छ । राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त कदम रोकेको हो । कडा नयाँ भन्सार शुल्कहरूमार्फत सरकारहरूलाई वार्ताको टेबलमा ल्याएर संसारसँग अमेरिकी व्यापारिक सम्बन्धलाई पुनः आकार दिने प्रयास गरिरहेका राष्ट्रपति ट्रम्पका लागि यो राय महत्त्वपूर्ण धक्का हो । ट्रम्पको विश्वव्यापी व्यापार युद्धले वित्तीय बजारहरूलाई हल्लाएको छ, जसले अमेरिकालाई बेच्ने भन्दा कम किन्ने अर्थतन्त्रहरूलाई दण्डित गर्ने उद्देश्यले भन्सार… पुरा पढौ

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द

वासिङ्टन, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन फ्लू खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता बुधबार रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ । यसले खोपको बारेमा गलत सूचना प्रवद्र्धन गर्न दशकौँ बिताउनुभएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरको खोपहरू विरुद्धको पछिल्लो कदमलाई चिह्नित गरेको छ । ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि जनवरी १७ मा घोषणा गरिएको सम्झौता चरा र गाईवस्तुमा सर्ने एच५एन१ इन्फ्लुएन्जा स्ट्रेनलाई लक्षित गर्ने एमआरएनए खोपका लागि थियो । विज्ञहरूले यो भाइरस मानिसमा… पुरा पढौ

पछिल्लो कठिन परीक्षणमा स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट

साउथ पाड्रे आइल्याण्, १४ जेठ । स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मङ्गलबार हिन्द महासागरमा विस्फोट भएको छ । यो विस्फोटले अर्बपति एलन मस्कको मङ्गल ग्रहमा बसोबास गर्ने सपनाको केन्द्रमा रहेको रकेटको अर्को कठिन परीक्षण उडानको अन्त्य गरेको छ । अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो र शक्तिशाली प्रक्षेपण यान साँझ ६ः३६ बजे (२३३६ जिएमटी) कम्पनीको स्टारबेस सुविधाबाट उडेको थियो । दक्षिणी टेक्सास गाउँ नजिकै रहेको यस गाउँमा यस महिनाको सुरुमा सहर बन्न मतदान भएपछि यसलाई स्टारबेस नाम राखिएको छ । पछिल्ला दुई प्रयास… पुरा पढौ

पुटिन ‘आगोसँग खेलिरहनुभएको छ’– ट्रम्प

वासिङ्टन, १४ जेठ (रासस/एएफपी) । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन्। ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकाेमा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप… पुरा पढौ

ट्रम्पकाे निर्णयपछि व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत

ब्रुसेल्स, १३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिए भएपछि दुई पक्षबीचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ । आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डेर लायनबीच भएको टेलिफोन वार्तापछि आगामी जुलाई ९ भित्र निष्कर्षमा पुग्ने लक्ष्य राखिएको जानकारी प्राप्त भएको छ । वार्ताको वर्तमान अवस्था अमेरिकाले अघिल्लो चरणमा युरोपेली सङ्घका विभिन्न वस्तुहरूमा उच्च भन्सार शुल्क लगाइसकेको छ, जसमा सवारी… पुरा पढौ

“कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल”

टोकियो, १३ जेठ । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ अर्ब ५० करोड डलरभन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ । अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ । सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण सर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको छ । मन्त्रिपरिषद्का मुख्यसचिव योशिमासा… पुरा पढौ

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

वासिङ्टन, १३ जेठ । एलन मस्कको मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ । टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट आज स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ । एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो । नासाले पनि आफ्नो ‘आर्टेमिस–३’… पुरा पढौ

इयुमाथि लगाउने भनिएको ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा

वासिङ्टन, १२ जेठ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् । यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो । अमेरिकी राष्ट्रपतिका अनुसार भोन डेर लेयनले ट्रम्पलाई उहाँ ‘गम्भीर वार्तामा जान चाहन्छु’ भन्नुभएको थियो । वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “मैले… पुरा पढौ

जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिने

टोकियो, १२ जेठ । संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले सोमबार बताएको छ । अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्कको अधीनमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्कको घोषणा गरे तर पछि अन्य देशमाथिका समान उपायहरूसँगै तिनलाई जुलाईको सुरुसम्म स्थगित गरे।… पुरा पढौ

ट्रम्पद्वारा हार्वर्डमा विदेशी विद्यार्थीहरूमाथिको प्रतिबन्धको रक्षा

वासिङ्टन, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्वर्डमा विदेशी विद्यार्थीहरूलाई रोक्ने आफ्नो प्रशासनको कदमको रक्षा गरेका छन्। हार्वर्डमा विदेशी विद्यार्थीमाथिको प्रतिबन्धलाई एक न्यायाधीशले निलम्बन गरेका थिए । विश्वविद्यालयले ट्रम्प प्रशासनको उक्त कार्यलाई गैरकानूनी भनेको थियो । “हार्वर्ड किन भन्दैन कि उनीहरूका करिब ३१ प्रतिशत विद्यार्थी विदेशी भूमिबाट आएका छन् र अझै पनि ती देशहरू, केही संयुक्त राज्य अमेरिकाका लागि बिल्कुलै मैत्रीपूर्ण छैनन्, उनीहरूको विद्यार्थीको शिक्षाका लागि केही तिर्दैनन्, न त तिनीहरू कहिल्यै इच्छुक छन्”, ट्रम्पले आफ्नो ट्रुथ सोसल… पुरा पढौ