अन्तर्राष्ट्रिय 🗺

फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती

वासिङ्टन, २३ चैत । वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ । बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको क्षेत्र ला रियुनियनबाट आयातमा ३७ प्रतिशत र उत्तरी अटलान्टिकमा रहेको सानो सेन्ट–पिएरे–एट–मिक्वेलनबाट आउने वस्तुहरूमा ५० प्रतिशत शुल्क लगाउने जनाएको थियो । शुक्रबार उपलब्ध गराइएको सूचीको संस्करण अनुसार युरोपेली सङ्घ (इयु) को साझा भन्सार क्षेत्रको हिस्सा तर कर उद्देश्यका लागि छुट्टै क्षेत्र मानिने ला रियुनियनले त्यसको साटो १० प्रतिशत करको सामना… पुरा पढौ

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

टोकियो, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन्। संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन् । बिहीबार विश्वव्यापीरूपमा लागु गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी कर लगाउँदा यसले जापानी अर्थतन्त्रलाई व्यापक प्रभाव पार्नेछ । इशिबाले संसदमा भने, “यो कदमले जापानलाई आर्थिक रूपमा ‘राष्ट्रिय सङ्कट’ निम्त्याउनसक्ने हुँदा… पुरा पढौ

सिरियामा इजरायली आक्रमणको निन्दा

न्युयोर्क, २२ चैत । सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रुपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गरेका छन्। उनले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणको कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताए। त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाए । विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता काक्रमणले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न… पुरा पढौ

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

नयाँदिल्ली, २० चैत । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ५ जना घाइते भएका छन् । बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए । प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक सङ्ख्या बढेको हो । घटनाका बेला… पुरा पढौ

स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

म्याड्रिड, २० चैत । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने "मुभ-३" योजना सन् २०२५ को सुरुदेखि पुन: लागू गर्ने निर्णय गरेको छ। यो योजना वर्षभरि लागू हुनेछ। यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नाै युरोसम्म हुनेछ। यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत कर छुट दिनेछ, जसको सीमा तीन हजार युरो छ। साथै, देशभर विद्युतीय गाडी चार्ज गर्ने स्थान बढाउन पनि सहयोग गरिनेछ। पर्यावरण मन्त्री सारा… पुरा पढौ

समयसीमा नजिकिँदै जाँदा भन्सार शुल्कमा ‘दयालु’ हुने ट्रम्पको भनाइ

वासिङ्टन, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वभर अशान्ति निम्त्याउने जोखिम उठाउँदै आफूले भनेका अनुचित व्यापार असन्तुलनहरूलाई सम्बोधन गर्न यस हप्ता थप करहरू घोषणा गर्दा व्यापारिक साझेदारहरूप्रति ‘धेरै दयालु’ हुने बताएा छन् । जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभूतपूर्व प्रयोग गर्दै आउनुभएका ट्रम्पले मङ्गलबार राति नै ठ्याक्कै कस्ता ‘पारस्परिक भन्सार शुल्क’ लगाइनेछ भनेर घोषणा गर्नसक्ने बताए । रिपब्लिकन अर्बपति ट्रम्पले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई ‘विश्वका हरेक देशले लुटेका’ ले पारस्परिक कार्य आवश्यक रहेको कुरामा जोड दिए… पुरा पढौ

असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने भारतीय मौसम पूर्वानुमानकर्ताहरूको चेतावनी

नयाँदिल्ली, १९ चैत । भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ । देश तातो गर्मीका लागि अपरिचित छैन तर वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले तातो छालहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गइरहेको पत्ता लगाएको छ । भारतमा ग्रीष्म ऋतु अप्रिलदेखि जुनसम्म रहन्छ । यो अवधिमा मौसमको उच्च तापक्रम प्रायः ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) नाघेको हुन्छ । यस वर्ष गर्मी… पुरा पढौ

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

वासिङ्टन, १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिनेछ । “कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने। कर नीति कुन कुन देशमा लागु गरिनेछ भन्ने प्रश्नमा उनले भने, “मैले १० वा १५… पुरा पढौ

डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन

डलास, संयुक्त राज्य अमेरिका, १८ चैत । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् । सिएनएनका अनुसार विरोधमा सहभागीहरूले एकता र देशभक्तिको प्रतीकको रूपमा अमेरिकी झण्डा बोकेका थिए भने केहीले महमुद खलिल, खान सूरी र रुमेसा ओजतुर्कका प्रतीक बोकेका थिए । ट्रम्प सरकारले आतङ्कवादी सङ्गठनसँग सम्बन्धित गतिविधिको आरोपमा केही विद्यार्थीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनमा व्यापक सहभागिता देखिन्थ्यो ।… पुरा पढौ

ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

तेहरान, १८ चैत । ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्। उनले ईरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पारे। ट्रम्प प्रशासनले यदि तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएका छन् । राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि भने कि अमेरिका पहिले आफ्नो गल्ती सुधार्नुपर्छ। उनका अनुसार, जबसम्म अमेरिका विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन। ईरानले अमेरिकी राष्ट्रपतिको… पुरा पढौ