अन्तर्राष्ट्रिय 🗺

ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा

मुम्बई, ७ चैत । ट्रम्प अर्गनाइजेसन र यसका स्थानीय रियल इस्टेट सहयोगीले भारतमा नयाँ व्यावसायिक टावर परियोजनाको घोषणा गरेका छन् । ट्रम्प अर्गनाइजेसनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतमा रियल इस्टेटको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । भारतमा पहिले नै ट्रम्पको नाममा आवासीय भवनहरू छन् र स्लेटमा थप परियोजना भएको यो परियोजनाले भारतलाई उनको पारिवारिक व्यवसायको लागि अमेरिका बाहिरको सबैभन्दा ठूलो बजार बनाएको छ । भारतीय साझेदार ट्रिबेका डेभलपर्सले रियल स्टेट फर्म कुन्दन स्पेसेससँगको साझेदारीमा पश्चिमी भारतीय शहर पुणेमा… पुरा पढौ

गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु

गाजा पट्टी, ७ चैत । इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् । दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् । इजरायलले मङ्गलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो । यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भङ्ग गरेको छ । हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले… पुरा पढौ

इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहाः म्याक्रोँ

पेरिस, ७ चैत । सन् २०२२ को अक्टोबरदेखि इरानले हिरासतमा लिएका फ्रान्सेली नागरिक ओलिभर ग्रोन्डाउ रिहा भएका छन् । उनको रिहाइको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पुष्टि गरेका छन्। म्याक्रोँले ग्रोन्डाउको रिहाइबारे पुष्टि गर्दै भने, “३४ वर्षीय ग्रोन्डेउ ‘स्वतन्त्र भएको र आफ्ना प्रियजनसँग भेट भइसकेका म्याक्रोँले एक्समा जारी एक सन्देशमा उल्लेख गरेका छन्। उनले इरानमा रहेका अन्य नागरिकको रिहाइको पनि पहल भइरहेको बताए, “इरानले हिरासतमा लिएका अन्य दुई फ्रान्सेली नागरिकको रिहाई सुनिश्चित गर्न हाम्रो प्रयासमा निरन्तरता दिइनेछ । कम हुने छैन।”… पुरा पढौ

ट्रम्प-पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

वासिङ्टन, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ। यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन। पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारे, जबकि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै… पुरा पढौ

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

वासिङ्टन, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै हुनुहुन्छ । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ । दुवै पक्षले वासिङ्टन र मस्कोबीच भएका हालका वार्ताहरूबारे आशावादी धारणा व्यक्त गरेका छन् तर ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान गर्न उच्चस्तरीय वार्ता मात्र सक्षम हुने कुरामा सहमत भएका छन् । युक्रेनले युद्धविरामका लागि सहमति जनाएको छ तर किएभ र युरोपेली राजधानीहरूलाई पुटिनले… पुरा पढौ

इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु

प्यालेस्टिनी क्षेत्रहरू, ५ चैत । मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ । इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । “हमासले… पुरा पढौ

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प

वासिङ्टन, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गरेका थिए । उनको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ । यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ । स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग… पुरा पढौ

यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा

वासिङडन डिसी, ३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका छन् । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो । “आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्ककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु। उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतङ्कवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेखेका छन्… पुरा पढौ

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्टर, ३ चैत । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सकुशल पुगेको छ । नौ महिनाभन्दा बढी समयदेखि आइएसएसमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन उक्त यानलाई अन्तरिक्षमा पठाइएको थियो । यो यानमा १० यात्रीलाई पठाइएको थियो । दुबै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका दुई यात्री बुच विल्मोर र सुनी विलियम्ससँग भेट गरी आपसमा खुशी साटेका छन् । स्पेसएक्सको रकेट अन्तरिक्ष यात्रीहरूलाई प्रत्यक्ष टिभीमा शून्य गुरुत्वाकर्षणमा आफ्ना समकक्षीहरूलाई अँगालो हालेको टेलिभिजनबाट प्रत्यक्ष… पुरा पढौ

आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा

बेइजिङ, १ चैत  । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका लागि शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई लागि स्वागत गरेको छ । रुसी र इरानी कूटनीतिज्ञको बेइजिङ आगमनसँगै इरानसँगकोे आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु हुने बेइजिङले शुक्रबार जनाएको छ । सन् २०१५ मा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिका पछि हटेको थियो । गत जनवरीमा ह्वाइट हाउस फर्केपछि रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका… पुरा पढौ