अन्तर्राष्ट्रिय 🗺

युएसएआइडी ‘अपराधी’ हो–मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्–ट्रम्प

अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई आइतबार ‘आपराधिक सङ्गठन’ भनेका छन्। त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताए । विदेशमा मानवीय सहायता प्रदान गर्ने जिम्मेवारी पाएको एजेन्सीमाथिको आक्रमणले ट्रम्पको सरकारी विभागहरूलाई उल्ट्याउन र जोडीले व्यर्थको आधिकारिक खर्च र अधिकार क्षेत्र मान्ने कुराको विरोध गर्न मस्कलाई अभूतपूर्व शक्ति दिने कदममा एउटा महत्त्वपूर्ण नयाँ मोर्चालाई चिह्न लगाएको छ । “युएसएआइडी एक आपराधिक सङ्गठन हो”, राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका… पुरा पढौ

ओपनएआईद्वारा च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा

टोकियो, २१ माघ । चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार टोकियोमा उच्च–स्तरीय बैठकहरू अघि ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) को नवागन्तुक डिपसिकले सिलिकन भ्यालीलाई तरङ्गित पारेको छ । केहीले यसको उच्च कार्यसम्पादन र कथित कम लागतलाई अमेरिकी डेभलपरहरूका लागि जागरण आह्वान भनेका छन् । ओपनएआईको नयाँ टुलले ‘एउटा मानिसलाई धेरै घन्टा लाग्ने कामलाई दश मिनेटमै पूरा गर्छ ।’ यसको च्याटजिपिटीले सन् २०२२ मा जनचेतनामा जेनेरेटिभ… पुरा पढौ

ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई

लस एन्जलस (संयुक्त राज्य अमेरिका), २१ माघ । बियोन्सेले आइतबार आफ्नो संस्कृति–हल्लाउने ‘काउब्वाइ कार्टर’ का लागि वर्षको सर्वश्रेष्ठ कन्ट्री एल्बमको ग्रामी जितिन्। यो एल्बमले लामो समयदेखि अश्वेत कलाकारहरूलाई किनारा लगाएको आरोप लागेको न्यासभिल–केन्द्रित उद्योगको आलोचना गरेको छ । ग्रामी इतिहासमा सबैभन्दा सम्मानित कलाकारका लागि यो रातको दोस्रो पुरस्कार थियो । लस एन्जलसमा आयोजित प्रमुख सङ्गीत पुरस्कार समारोहमा अझै चार अवसर बाँकी छन्, जसमा उत्कृष्ट एल्बम र रेकर्ड पुरस्कारहरू समावेश छन् जुन उहाँलाई अहिलेसम्म प्राप्त भएको छैन । र्‍यापर केन्ड्रिक लमार… पुरा पढौ

मेक्सिकोद्वाराक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप

मेक्सिको सिटी, २० माघ । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले क्रुद्ध हुँदै आफ्नो सरकारले लागू पदार्थ कार्टेलहरूसँग गठबन्धन गरेको भन्ने संयुक्त राज्य अमेरिकाको आरोपलाई अस्वीकार गरेकी छन् र डोनाल्ड ट्रम्पको व्यापक भन्सार महसुलको विरुद्धमा बदला लिने प्रतिज्ञा गरेकी छन् । अवैध आप्रवासन र लागुऔषध तस्करीका कारण ट्रम्पले मेक्सिको र क्यानाडाका सामानमा २५ प्रतिशत कर लगाउने ह्वाइट हाउसले बताएपछि नजिकका छिमेकीहरूबीच तनाव बढेको छ । सिनबामले भनिन्, “मैले मेरो अर्थमन्त्री मार्सेलो एबरार्डलाई हामीले काम गरिरहेका योजना बी कार्यान्वयन गर्न भनेकाे छु, जसमा… पुरा पढौ

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको विरोध, ‘जवाफी कदम’ को चेतावनी

बेइजिङ, २० माघ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । आइतबार एक विज्ञप्तिमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको ‘गलत अभ्यासहरू’ को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट र दृढतापूर्वक विरोध गर्दछ’ भनेको छ ।… पुरा पढौ

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

नयाँ दिल्ली, १९ माघ  । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ । अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरे। सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको… पुरा पढौ

इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

फ्रयाङ्कफर्ट, १८ माघ  । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती गर्ने निर्णय गरेको छ । ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ । मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो । मुद्रास्फीतिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याई आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध… पुरा पढौ

इन्डोनेसियामा वन फँडानीमा वृद्धि, ओरङ्उटानजस्ता सङ्कटापन्न प्रजाति थप सङ्कटमा

बैङ्कक, १८ माघ । इन्डोनेसियामा सन् २०२४ मा वन फँडानी फेरि बढेको एक स्थानीय वातावरणीय गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ । इन्डोनेसियाको वन फँडानीको दर विश्वकै उच्च दरमध्ये एक रहेको छ । इन्डोनेसियामा काठको प्रयोग, पाम तेलको खेती, र बढ्दो महत्वपूर्ण खनिजहरूको खननलगायतका विविध कारणले जङ्गलको फँडानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ । देशको बाँकी वन क्षेत्रहरू खतरामा परेका र सङ्कटापन्न प्रजातिहरूका महत्त्वपूर्ण वासस्थान साथै प्रमुख ‘कार्बन सिङ्क’हरू रहेका छन् । गैरसरकारी संस्था औरिगा नुसानताराको प्रतिवेदनअनुसार सन् २०२४ मा इन्डोनेसियामा दुई… पुरा पढौ

बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने

जेरुसेलम, १७ माघ । इजरायल र प्यालेष्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग तेस्रो पटक बन्धक÷बन्दी आदानप्रदान गर्ने तयारी भएको छ । चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायली नागरिक अरबेल येहुद, अगम बर्जर र गादी मोसेसको पहिचान गरेको छ । बुधबार साँझ एक वक्तव्य… पुरा पढौ

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

बेइजिङ, १६ माघ . उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पु¥याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ । पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग देखिने गरी कम लागतमा प्रतिस्पर्धा गर्नसक्छ । यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ… पुरा पढौ