अन्तर्राष्ट्रिय 🗺

ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध

वासिङ्टन, २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका र यसको सहयोगी इजरायललाई लक्षित गरेको ‘अवैध र आधारहीन’ अनुसन्धानका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाएको ह्वाइट हाउसले जनाएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपतिसँग वार्ता गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गिरफ्तारी वारेन्ट जारी गरेर हेगको अदालतले ‘आफ्नो शक्तिको दुरुपयोग’ गरेको भन्दै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरे। उनले आइसिसी अधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूका साथै अदालतको अनुसन्धानमा सहयोग गरेको मानिएका जोकोहीमाथि सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाउने आदेश… पुरा पढौ

रुबियोले फेब्रुअरीको मध्यमा इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन, २५ माघ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको पृष्ठभूमिमा यस महिना मध्यपूर्वको आफ्नो पहिलो भ्रमण गर्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बिहीबार बताएका छन् । रुबियोले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिने र त्यसपछि फेब्रुअरी १३–१८ सम्म इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबको भ्रमण गर्ने अधिकारीले बताए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछि ट्रम्पले युद्धग्रस्त गाजा पट्टीमा अमेरिकी सेना पठाउने र त्यहाँका २० लाख मानिसलाई हटाउने सुझाव दिँदा मङ्गलबार विश्वका धेरै जसोलाई… पुरा पढौ

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङ्टन, २५ माघ । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान वेपत्ता भएको हो । यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी… पुरा पढौ

ट्रम्पम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

(मेक्सिको), २४ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् । मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्‍याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो । यो घटना… पुरा पढौ

अमेरिकाद्वारा पनामा नहरमा निःशुल्क आवागमनको दाबी

वासिङ्टन, २४ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा दबाबपछि संयुक्त राज्य अमेरिकाले बुधबार आफ्ना सरकारी जहाजहरू पनामा नहरमा निःशुल्क यात्रा गर्नसक्ने बताएको छ । तर जलमार्गका अधिकारीहरूले तुरुन्तै यसको खण्डन गरेका छन् । “अमेरिकी सरकारी जहाजहरूले अब शुल्क बिना पनामा नहर पार गर्न सक्छन्, यसबाट अमेरिकी सरकारलाई एक वर्षमा लाखौँ डलर बचत हुनेछ”, विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सङ्केत गरेको प्रतिज्ञाहरूको यो पहिलो सार्वजनिक घोषणा थियो । उहाँले पनामाले आइतबार आफ्नो… पुरा पढौ

पहिलो आइभिएफ कङ्गारु भ्रूण बनाएको अस्ट्रेलियाली टोलीको दाबी

सिड्नी, २४ माघ । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रूण उत्पादन गरेको बताएका छन् । यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् । क्विन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सुपियलहरूका लागि आइभिएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कङ्गारुहरूमा प्रयोग गरेको बतायो । यिनीहरूको सङ्ख्या लाखौँमा छ । “अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर हो तर यहाँ स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा… पुरा पढौ

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव

वासिङ्टन, २३ माघ । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलले मङ्गलबार बताएको छ । यो कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सङ्घीय कर्मचारीहरूका लागि सुरु गरिएको स्वैच्छिक अवकाश कार्यक्रममा सामेल हुने पहिलो गुप्तचर एजेन्सी बन्नेछ । जर्नलका अनुसार सिआइए निर्देशक जोन र्‍याटक्लिफका एक सहयोगीलाई उद्धृत गर्दै एजेन्सीले सःशर्त प्रस्ताव दिइएका रोजगार खोज्नेहरूको नियुक्ति पनि रोकेको छ । अज्ञात सहयोगीका अनुसार यदि आवेदकहरूसँग एजेन्सीको नयाँ लक्ष्यहरूका लागि उपयुक्त पृष्ठभूमि छैन भने केही रोकिएका प्रस्तावहरू… पुरा पढौ

प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा

नयाँदिल्ली, २३ माघ । प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका छन्। प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गरे। प्रधानमन्त्रीले सङ्गममा पवित्र स्नान गर्नुका साथै माता गङ्गाको पूजा गर्नेछन्। पौष पूर्णिमा (सन् २०२५ जनवरी १३) देखि सुरु भएको महाकुम्भ २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनहरूलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ । भारतको आध्यात्मिक र सांस्कृतिक… पुरा पढौ

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने

वासिङ्टन, २२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिए। जनवरी २७ को कुराकानीमा ट्रम्पले आप्रवासनको बारेमा कुरा गरे भने भारतले थप अमेरिकी–निर्मित सुरक्षा उपकरणहरू किन्ने र द्विपक्षीय… पुरा पढौ

म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

याङ्गुन, २२ माघ । म्यानमाको एक विद्रोही समूहले आफ्ना सदस्यहरूले देशको पश्चिमी सिमानामा नियन्त्रण कायम राख्न सत्तारूढ जुन्तासँग लडिरहेको बेला घातक हिंसाको दुर्लभ स्वीकार गर्दै दुई कैदीको हत्या गरेको बताएको छ । गत वर्षको फेब्रुअरीमा रखाइन राज्यको क्युकताउ बस्तीमा अराकान आर्मी (एए) को आक्रमणका क्रममा ‘सैन्य अनुशासन उल्लङ्घन’ गरेको घटना भएको आतङ्कवादी समूहका प्रवक्ता खैङ थु खाले बताए । “हाम्रा स्थानीय (एए) मिलिसियाहरूले आफ्नो क्रोध नियन्त्रण गर्न सकेनन् र म्यानमाका आतङ्कवादी सेनाका सिपाहीहरूले उनीहरूका परिवारलाई अन्यायपूर्वक पक्राउ गरी, यातना दिई… पुरा पढौ