अन्तर्राष्ट्रिय 🗺

पेरिस ओलम्पिक : आइतबारसम्मको खेलमा अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, २१ साउन । आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१… पुरा पढौ

बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की

पटना (भारत), २० साउन । पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ । सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो । इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ । धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता (एटिएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो । त्यसपछि अगस्ट २ मा… पुरा पढौ

भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली संघका सात राष्ट्रको आग्रह

रोम, २० साउन । युरोपेली सङ्घ (ईयू) का सात राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न शनिबार आग्रह गरेका छन् । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ । राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए तर विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटियाविजयी भएको दाबी गर्दै आधिकारिक नतिजाको विरोध गरेका छन् । “हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण… पुरा पढौ

इजरायलविरूद्ध इरानको सम्भावित आक्रमणको प्रतिरोधको तयारीमा अमेरिकी जनरल मध्यपूर्वमा

वासिङटन, डिसी, २० साउन । हमास र हिजबुल्लाहका वरिष्ठ नेताको हत्यापछि इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने अनुमानबीच अमेरिकी केन्द्रीय कमान्डका जनरल माइकल कुरिल्ला शनिबार उक्त क्षेत्रमा आइपुगेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गद अमेरिकी समाचार संस्था एक्जिओसले जनाएको छ । तेहरानमा हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हनियाको हत्यापछि इजरायल, इरान र हिजबुल्लाहबीच पछिल्लो समय तनाव हुनुअघि तय गरिएको जनरल कुरिलाको भ्रमणलाई अहिले रणनीतिक कदमका रुपमा हेरिएको छ । उनले अप्रिल १३ मा इरानबाट भएको आक्रमणविरुद्ध इजरायलको रक्षा गर्ने अन्तर्राष्ट्रिय र क्षेत्रीय… पुरा पढौ

अमेरिकी चुनावः ह्यारिस आधिकारिक रूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीकाे उम्मेद्धार

अमेरिका, १९ साउन । आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ । डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् । यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।” आगामी हप्तामा आधिकारिक रूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छन् । वासिङ्टन पोस्टका अनुसार, ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत… पुरा पढौ

अमेरिकी राष्ट्रपति र प्रथम महिलाद्वारा वायनाड पहिरोमा परी ज्यान गुमाउनेप्रति समवेदना प्रकट

वासिङ्टन डीसी, १९ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले केरलाको वायनाडमा गएको पहिरोमा तीन सय बढीको ज्यान गएकोमा भारतप्रति समवेदना व्यक्त गरेका छन् । “जिल र म भारतको केरला राज्यमा भएको घातक पहिरोबाट प्रभावित सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं”, ह्वाइट हाउसले एक आधिकारिक विज्ञप्तिमा भन्यो । “हामी शोक संताप्त परिवारजनमा धैर्य धारणा गर्ने सामर्थ्य मिलोस् भनी प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ । यस कठिन समयमा हामी भारतीय जनताको साथमा छौँ”, ह्वाइट हाउसले भनेको छ… पुरा पढौ

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका

तेल अवीव, १९ साउन । यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ । “रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिएका छन्” पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तीमार्फत बताइन् । अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरु मध्यपूर्व र… पुरा पढौ

सामसुङका कर्मचारी पुनः आन्दोलित

सियोल, १७ साउन । सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् । युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो । आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ… पुरा पढौ

भारतमा आकस्मिक बर्षापछि आएको बाडीका कारण ५० जनाभन्दा बढी बेपत्ता

शिमला, भारत, १७ साउन । भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक बर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताए । शिमलाको रामपुर तहसील, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा बर्षाले निम्त्याएको विपद्पछि राष्ट्रिय विपद् व्यवस्थापन बल (एसडिआरएफ), राज्यस्तरीय विपद् व्यवस्थापन बल (एसडीआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन् । राहत र उद्धार… पुरा पढौ

कमजोर येन टोयोटाका लागि जापानमा समस्याबाट पार पाउने विकल्प

टोकियो, १७ साउन । कमजोर येन र लागत कटौतीले विश्व प्रसिद्ध जापानी कार उत्पादक कम्पनी टोयोटालाई आफ्नो घरेलु बजारमा उत्पादन र बिक्रीमा आएको गिरावटलाई हटाउन मद्दत गरेको छ । कम्पनीको पहिलो त्रैमासिकको खुद मुनाफामा सामान्य वृद्धि भएको बिहीबार टोयोटाको जनाएको छ । कम्पनीको खुद आम्दानी १.७ प्रतिशतले बढेर १.३३ ट्रिलियन येन (८.९ अर्ब अमेरिकी डलर) पुगेको छ भने सञ्चालन मुनाफा १६.७ प्रतिशतले बढेर १.३१ ट्रिलियन येन पुगेको छ । राजस्व सङ्कलनमा १२.२ प्रतिशत बढेर ११.८ ट्रिलियन येन पुगेको छ ।… पुरा पढौ