अन्तर्राष्ट्रिय 🗺

हुथी समुहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण

दुबई, ३२ जेठ । यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ। “एम÷भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित जहाजमा क्षति र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको छ । आक्रमणको क्रममा एक जना जहाज सञ्चालक गम्भीर घाइते भएका छन् “, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्तिमा जानकारी गरायो । हुथीहरूले गाजा पट्टीमा चलिरहेको इजरायल–हमास युद्धको क्रममा प्यालेस्टिनीहरूसँग एकतामा रहेको बताउदै नोभेम्बर २०२३ देखि लाल सागर र एडनको खाडीमा… पुरा पढौ

श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

कोलम्बो( श्रीलङ्कका), ३२ जेठ । श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ । सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तर भन्दा तल रहेका छन् । दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा… पुरा पढौ

कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

नयाँदिल्ली, ३१ जेठ । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । घाइते भएका व्यक्तिहरूलाई कुवेतका पाँचवटा सरकारी अस्पताल अदान, जाबेर, फरवानिया, मुबारक अल कबीर र जाहरा अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अधिकारीहरूले अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ । “दूतावासले सम्बन्धित कुवेती अधिकारी र कम्पनीबाट घटनाको पूर्ण विवरणहरू प्राप्त गरिरहेको छौँ । हामी शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना… पुरा पढौ

अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो

क्यानबेरा,अष्टेलिया, ३१ जेठ । अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ । अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ । एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ । अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसहरू काम… पुरा पढौ

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

जेनेभा, ३१ जेठ । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन्। संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ । विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, “द्वन्द्व… पुरा पढौ

विश्व स्वास्थ्य सङ्गठनद्वारा भारतमा ‘मानवमा बर्ड फ्लू’को सङ्क्रमण पुष्टि

कलकत्ता, भारत, ३० जेठ । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । पहिलो सन् २०१९मा पुष्टि गरिएको थियो । सङ्क्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ । पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव सङ्क्रमणसम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा… पुरा पढौ

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु

कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो । “दुर्भाग्यवश हामीलाई बिहान ठिक छ बजे मङ्गफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो”, गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल–ओवाइहानले भन्नुभयो, “मेरो… पुरा पढौ

‘चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गलत’

न्यूयोर्क, ३० जेठ । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् । पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन कम्पनी क्रेनशेयर्सले आयोजना गरेको वेबिनारमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चिनियाँ विद्युतीय सवारी साधनमा असाधारण करको घोषणा गर्नु गलत भएको बताए। सन् २०१७ देखि २०२० सम्म चीनमा कार्यरत ब्रान्स्टाडले भने, “मलाई लाग्छ बाइडेनको यो ठूलो गल्ती थियो र ट्रम्पको अभियानले वास्तवमै त्यसैमा ध्यान केन्द्रित गर्ने प्रयास गर्नेछजस्तो मलाई… पुरा पढौ

यमनमा आफ्ना कर्मचारीमाथि लगाइएको ‘अपमानजनक आरोप’ को राष्ट्रसङ्घद्वारा खण्डन

जेनेभा, ३० जेठ । यमनका हुथी विद्रोहीले हिरासतमा लिएका राष्ट्रसङ्घीय कर्मचारी र अन्य सहायताकर्मीलाई तत्काल र बिनाशर्त रिहा गर्न संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले माग गरे। हुथी विद्रोही समूहले गत साता पक्राउ परेका व्यक्ति अमेरिका–इजरायली जासुसी सञ्जालको हिस्सा भएको र उनीहरूले अन्तर्राष्ट्रिय सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय निकायको आवरणमा काम गरेको बताएको छ । तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म हाम्रा कर्मचारीमाथि लगाइएका घृणित आरोपलाई स्पष्ट रूपमा खण्डन गर्दछु, र उनीहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछु ।” संयुक्त… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा दोषी ठहर

विल्मिङ्टन, संयुक्त राज्य अमेरिका, ३० जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ । जुन अमेरिकी राष्ट्रपतिको बच्चाको ऐतिहासिमा पहिलो घटना हो । राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई सन् २०१८ मा लागुऔषधको लतमा परेपछि ह्यान्डगन खरिद गरेको आरोपमा दोषी ठहर गरिएको थियो । उनको बुबाले पुनः निर्वाचन खोज्दै गर्दा डेमोक्र्याटिक राष्ट्रपतिले वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने निर्णय आएको हो । बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापन पछि… पुरा पढौ