अन्तर्राष्ट्रिय 🗺

चीनमा उपभोक्ताको मूल्य छ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो

बेइजिङ, २६ फागुन । अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि… पुरा पढौ

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

तेल अविव, २५ फागुन । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ बर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ बर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ बर्ष छ । सन्… पुरा पढौ

सहायतालाई ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनको सुझाब

गाजा पट्टी, २५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको बिषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न र गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गरेका छन्। राष्ट्रपति बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनको प्रयोग गर्दै पाँच महिना लामो युद्धका बारेमा अहिलेसम्मकै सबैभन्दा कडा टिप्पणी गर्नुहुँदै अमेरिकी सेनालाई गाजामा ‘आपतकालीन सहायता’ को नेतृत्व गर्न पनि आदेश दिएका छन् । हमासका वार्ताकारहरूले कतारमा नेतृत्वसँग परामर्श गर्न इजिप्टमा मध्यस्थकर्ताहरूसँग भएको वार्ता छोडेपछि रमजान सुरु हुनुअघि… पुरा पढौ

चीनद्वारा छ युरोपेली देशका लागि भिसा–मुक्त नीति घोषणा ; अर्थमन्त्री

बेइजिङ, २४ फागुन । चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताए । चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रूतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको उनले बताए । वाङले चीनको… पुरा पढौ

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलङ्काका पूर्वराष्ट्रपतिको दाबी

कोलम्बो, २४ फागुन । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरे। टापु मुलुक श्रीलङ्काको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए । आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गरे । ती आर्थिक नीतिहरूका कारण… पुरा पढौ

करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

काबुल, २३ फागुन । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ । “जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैर–खाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको… पुरा पढौ

सुडानमा भोकमरीको खतरनाक जोखिम : डब्ल्यूएफपी

पोर्ट सुडान, २३ फागुन । सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले बुधबार चेतावनी दिएको छ । सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ । यसले ८० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । यसबाहेक, द्वन्द्वअघि नै आफ्नो घरबाट विस्थापित भएका २० लाखभन्दा बढी नागरिकका… पुरा पढौ

पेरूका प्रधानमन्त्री अल्बर्टोद्वारा राजीनामा

लिमा, २३ फागुन । पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन्। उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए। ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए। ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँच सन्तान छन्… पुरा पढौ

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी

सोल, २२ फागुन । उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ । यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ । वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ… पुरा पढौ

भारतीय प्रधानमन्त्री माेदीद्वारा पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई

नयाँदिल्ली, २२ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो । मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए। पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर… पुरा पढौ