अन्तर्राष्ट्रिय 🗺

फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनाबी अभियानको नेतृत्व गर्ने

पेरिस, ३० जेठ । फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बावजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक संचारकर्ताको रूपमा देखाए । केही हदसम्म म्याक्रोँँको सम्भावित उत्तराधिकारीको रूपमा पनि हेरिएको छ । पैँतीस वर्षीय अट्टल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री हुन्। उनले यो अभियानप्रति पूर्ण प्रतिबद्धता जनाए पनि यदि म्याक्रोँको प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय आएमा उनले सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्रीमध्ये एक हुनेछन् । युरोपेली चुनावमा अति दक्षिणपन्थी गठबन्धनसँग… पुरा पढौ

बङ्गलादेशको शरणार्थी शिविरमा आक्रमण हुदाँ तीन रोहिंग्याको मृत्यु

कक्सबजार(बङ्गलादेश), २९ जेठ । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । बङ्गलादेशका १० लाख राज्यविहीन र उत्पीडित मुस्लिम अल्पसङ्ख्यकको बासस्थान हो जसमध्ये अधिकांश छिमेकी देश म्यानमामा सन् २०१७ को क्रूर सैन्य दमनपछि आएका थिए। म्यानमाको गृहयुद्धमा लड्नका लागि शरणार्थीहरूलाई जबरजस्ती भर्ती गरेपछि यस वर्ष सशस्त्र समूहहरू बिच झडपहरू बढेका छन् । प्रहरीका अनुसार सोमबार कोक्स बजार जिल्लाको एउटा शिविरमा सुरक्षा… पुरा पढौ

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

राष्ट्रसङ्घ, २९ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन । महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पारे। मानविय जीवनमा हानि एउटा त्रासदी भएको जनाउदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरे । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सबैले आ–आफ्नोे दायित्व पालना गर्ने डुजारिकले… पुरा पढौ

अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल

तेल अवीव (इजरायल), २९ जेठ । मध्यपूर्वको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको बैठकमा बन्धक प्रस्ताव र गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गरे। “विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरे । उनले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, र गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय र दिगो वृद्धि गर्ने राष्ट्रपति बाइडेनले उल्लेख गरेको व्यापक प्रस्तावको संयुक्त राज्य अमेरिका र अन्य विश्वका नेताले समर्थन गर्ने बताए । ब्लिन्केनले जुन १० देखि १२ सम्म… पुरा पढौ

जेलेन्स्कीद्वारा युक्रेनको सुमी क्षेत्रमा रूसी पकड रहेको अस्वीकार

किएभ, युक्रेन, २८ जेठ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रूसी सेनाले पूर्वी सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको कुरा अस्वीकार गरेका छन् । रूसी कब्जामा रहेको चेचेन रिपब्लिकका नेता रमजान कादिरोभले आइतबार रूसी सेनाले सुमीमा मस्कोको सेना अगाडि बढेको बताएका थिए । उनले सीमावर्ती गाउँ रिजिभ्का कब्जा गरेको बताएका हुन् । रुसको रक्षा मन्त्रालयबाट तत्काल कुनै टिप्पणी नआएको बताउदै एक स्थानीय युक्रेनी अधिकारीले कादिरोभको दावीलाई अस्वीकार गरेका छन् । जेलेन्स्कीले सुमीमा युक्रेनी सेनाहरू ‘पूर्ण नियन्त्रणमा’ रहेको र त्यहाँ सक्रिय… पुरा पढौ

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा

ब्रसेल्स, २८ जेठ । युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ । निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखेपनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ । अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ । युरोपेली आयोगकी अध्यक्ष… पुरा पढौ

भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन

नयाँदिल्ली, भारत, २८ जेठ । भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गरिएकाे छ । भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए। राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन्। प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको एक सन्देशमा भारतका विश्वभरका सहयोगीसँगको सहकार्यको महत्वमा जोड दिँदै साझा चुनौतीहरूको सामना गर्न र पारस्परिक हितलाई अगाडि बढाउन राष्ट्रले आफ्ना मूल्यवान साझेदारहरूसँग नजिकबाट काम जारी… पुरा पढौ

समुद्र बचाउन अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसङ्घका प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घ, २७ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार संकटग्रस्त समुद्रलाई बचाउने कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् । “समुद्रले पृथ्वीका सबै जीवनलाई जोगाउँछ र बढाउँछ, तर हाम्रो समुद्र सङ्कटमा छ र यसको दोषी हामी हौँ “,महासचिवले हरेक वर्ष जुन ८ मा मनाइने विश्व महासागर दिवसका लागि दिएको सन्देशमा बताए । गुटेरेसले “बढ्दो समुद्रलाई उत्प्रेरित गर्ने जलवायु परिवर्तनले साना टापु, विकासोन्मुख राज्यहरू र तटीय जनसङ्ख्याको अस्तित्वलाई खतरा पुर्याउनुका साथै हामी सबैलाई असर गर्ने चरम मौसम घटनाहरू पनि… पुरा पढौ

युरोपियन सङ्घको चुनावको अन्तिम दिन मतदान सुरु

ब्रसेल्स, बेल्जियम, २७ जेठ । युरोपियन सङ्घको चुनावको अन्तिम दिन आइतबार फ्रान्स, जर्मनी लगायत २१ वटा युरोपेली देशहरूमा मतदान सुरु भएको छ । युक्रेनको युद्ध, अमेरिका–चीन प्रतिद्वंद्विताले चिह्नित विश्वव्यापी व्यापार र औद्योगिक तनाव, जलवायु आपतकाल आदि समस्या सामना गरिरहेको यो महाद्वीपका लागि यो एक महत्वपूर्ण समय हो । मतदानको नतिजाले ब्लकको अर्को संसद र अप्रत्यक्ष रूपमा शक्तिशाली युरोपेली आयोगको संरचना निर्धारण गर्नेछ जसले आगामी पाँच वर्षमा युरोपेली सङ्घका नीतिहरूलाई आकार दिन मद्दत गर्नेछ। “युरोपेली संसदले आफ्नो सही भूमिका खेल्नका लागि… पुरा पढौ

मध्य गाजाको नुसिरात शिविरमा इजरायली हमलाप्रति इजिप्टको कडा निन्दा

कायरो, इजिप्ट, २७ जेठ । इजिप्टको विदेश मन्त्रालयले मध्य गाजाको नुसिरात शिविरमा १५० जना भन्दा बढी प्यालेस्टिनी मारिएका इजरायली हमलाको शनिबार जारी गरेको विज्ञप्तिमार्फत कडा निन्दा गरेको छ । “यो आक्रमणको परिणामस्वरूप एक सय ५० भन्दा बढी प्यालेस्टिनी नागरिकहरूको मृत्यु हुनुका साथै सयौं घाइते भए छन् । इजरायलले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनका सबै प्रावधानहरू, मानवता र मानव अधिकारका सबै मूल्यहरूको खुल्लमखुल्ला उल्लङ्घन गर्दछ“, विज्ञप्तिमा भनिएको छ। इजिप्टले यस आक्रमणका लागि स्पष्ट रुपमा इजरायललाई कानुनी र नैतिक रूपमा जिम्मेवार ठहर… पुरा पढौ