अन्तर्राष्ट्रिय 🗺

अर्बपति एलन मस्ककाे भारत भ्रमण किन भयाे स्थगित ?

नयाँदिल्ली, ८ वैशाख । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो । “दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ । तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु”, आफ्नो सामाजिक मिडिया प्लेटफर्ममा पोस्ट गर्दै उनले भनेका छन । भ्रमणका क्रममा मस्कले भारतीय प्रधानमन्त्री… पुरा पढौ

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको दावी

हेलसिन्की, फिनल्याण्ड, ७ वैशाख । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’ आक्रमणलाई केन्द्रित गरिरहेको र आप्रवासीको प्रयोग गरेर फिनल्याण्डलाई अस्थिर बनाउने प्रयास गरिरहेको बताएका को छ । अगष्टयता रूससँगको सीमा नाकाहुँदै करिब एक हजार आप्रवासी बिना भिसा फिनल्याण्ड आइपुगेपछि फिनल्याण्डले डिसेम्बरको मध्यमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो । दुई छिमेकी मुलुकबीच एक हजार ३४० किलोमिटर (८३० माइल) लामो सीमा साझा रहेको छ र हेलसिन्कीले शरण खोज्नेहरूको सङ्ख्यामा रूसको भूमिकाका कारण वृद्धि भएको… पुरा पढौ

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

इस्लामाबाद, ७ वैशाख । विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्यूजले जनाएको छ । पाकिस्तानबारे जारी गरेको रिपोर्टमा बैंकले पाकिस्तानी सरकारलाई आर्थिक र सामाजिक सुधारका लागि तत्काल कर प्रणाली सुधार तथा बिक्री कर छुट हटाउन आवश्यक सल्लाह दिएको एआरवाई न्यूजको रिपोर्टले जनाएको छ । प्रतिवेदन अनुसार बैंकले सरकारलाई बाल विकासका लागि राष्ट्रिय नीति बनाउन आग्रह गर्दै ऊर्जा र अन्य वस्तुमा अनुदान घटाउन आह्वान गरेको छ । साथै… पुरा पढौ

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

ओटावा, ७ वैशाख । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) को चौथो सत्र अप्रिल २३ देखि अप्रिल २९ सम्म राजधानी ओटावामा आयोजना हुने र सन् २०२४ को अन्त्यसम्म प्लास्टिक प्रदूषणमा एक वैश्विक सम्झौताको विकासका लागि अगाडि बढ्ने उल्लेख छ । संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (युएनईपी) द्वारा समन्वय गरिएको पाँच सत्रहरूको चौथो वार्ता सत्र आइएनसी–४ रहेको र प्लास्टिक प्रदूषण… पुरा पढौ

इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

तेहरान, ७ वैशाख । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ । सप्ताहन्तमा इरानले इजराइलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई… पुरा पढौ

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपिल सार्वजनिक

राष्ट्रसङ्घ, ६ वैशाख । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ । उक्त रकम यस वर्षको अन्त्यसम्ममा पूर्वी जेरुसेलमसहित गाजा र वेस्ट ब्याङ्कका ३.१ मिलियन मानिसहरूलाई सहायता गर्न प्रयोग गरिने युएनओसिएचएले जनाएको छ । कार्यालयले उक्त प्रक्रियाका लागि, सञ्चालित अवस्थाहरूमा ठूला परिवर्तनहरू हेर्न आवश्यक रहेको जनाएको छ । मानवीय संस्थाहरूले गाजा पट्टी र वेस्ट ब्याङ्कका पीडितहरुलाई आवश्यक सुरक्षित र दिगो पहुँच हुनुपर्ने पनि जनाएको छ ।… पुरा पढौ

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा… पुरा पढौ

लोकसभा निर्वाचनको तयारीमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन कार्यालय

नयाँदिल्ली, ६ वैशाख । भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररुपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदैछ । निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ । उत्तराखण्डमा हेलिकप्टरको प्रबन्ध निर्वाचनअन्तर्गत उत्तराखण्डमा सुरक्षित निर्वाचन सुनिश्चित गर्न हेलिकप्टरको प्रबन्ध गरिएको छ । उत्तराखण्डका अतिरिक्त मुख्य निर्वाचन अधिकारी विजयकुमार जोगदण्डेले सबै पाँच लोकसभा स्थानका लागि हुने… पुरा पढौ

नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने

लस एन्जलस, ५ वैशाख । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो । सन् २०२१ मा मंगल ग्रहमा अवतरण गरेदेखि नै नासाको ‘पर्सेभेरेन्स रोभर’ (नासाको चलिरहेको मंगल सन् २०२२ मिशनको एक भाग को रूपमा मंगल ग्रह मा अवतरण गर्नका लागि नवीनतम रोबोटिक अन्वेषक)ले पछिको सङ्कलन र पृथ्वीमा फर्किनका लागि नमूना सङ्कलन गरिरहेको छ । हालको ‘मिसन डिजाइन’ले… पुरा पढौ

गाजाको शरणार्थी शिविरमा आक्रमण ; सात बालबालिकासहित १३ को मृत्यु

गाजासिटी (इजरायल), ५ वैशाख । मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । प्रत्यक्षर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत मानिसहरु भुइँमा लडिरहेको देखाएका थिए । यसैगरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र शवको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् । सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै… पुरा पढौ