अन्तर्राष्ट्रिय 🗺

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण

काबुल, १६ वैशाख । अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले प्रेस विज्ञप्तिमार्फत, अफगानिस्तानमा यस वर्ष दुई करोड ३७ लाख मानिसहरूलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ । संयुक्त राष्ट्रको अनुमान अनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिसहरूले खाद्य असुरक्षा सङ्कट र आपतकालीन स्तरहरू अनुभव गर्नेछन् । त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा गर्न संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले… पुरा पढौ

गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

रियाद, १६ वैशाख । गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ । विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर… पुरा पढौ

चाङ’ई-६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी

न्चाङ (हेनान, चीन), १५ वैशाख । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–५ वाई८ वाहक रकेट संयोजनलाई शनिबार दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । हटाउन योग्य प्रक्षेपण प्याडमा संयोजनलाई ठाडो परीक्षण भवनबाट बाहिर लगिएको थियो र पुनः सुरक्षितरूपमा प्रक्षेपण क्षेत्रमा सारिएको थियो । प्रक्षेपणअघि कार्यात्मक जाँच, संयुक्त परीक्षण… पुरा पढौ

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ-सी

बेइजिङ, १४ वैशाख । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन्। यद्यपि उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताएका छन्। एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गरे। भेटमा अमेरिकी अधिकारीहरूले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्त्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् । सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै… पुरा पढौ

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो । धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार… पुरा पढौ

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

मथुरा (भारत), १४ वैशाख । भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए । जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब चार अङ्क झरेर ६६ प्रतिशत मत खसेको छ । भारतीय मिडिया आउटलेटहरूले औसतभन्दा धेरै तापक्रमका कारण कम मतदान भएको अनुमान गरेका थिए ।… पुरा पढौ

रुसद्वारा पोल्यान्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी

मस्को, १३ वैशाख । रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले बिहीबार नेटो आणविक केन्द्रहरू स्थायीरूपमा पोल्यान्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्ने सक्ने चेतावनी दिएका छन् । “संयुक्त नाटो आणविक मिसनको अभ्यासको विस्तारमा कुनै पनि मुलुक यो अभ्यासमा सम्मिलित हुनसक्ने भए पनि यो विशुद्धरूपमा अस्थिर प्रकृति हो र धम्कीपूर्ण हो”, रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने । उनले रुसी सीमा नजिकै नाटो मुलुकहरूले गर्ने आणविक मिसनको दृष्टिकोणले सुरक्षा खतरा बढाउने बताए। “वार्सामा छलफल भइरहेको स्थायी तैनाथीका बारेमा मैले कुरा… पुरा पढौ

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल, १३ वैशाख । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो । नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो । यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग… पुरा पढौ

लुबाट थाइल्यान्डमा ३० को मृत्यु, तातो मौसमको चेतावनी जारी

बैङ्कक, १३ वैशाख । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो । यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द… पुरा पढौ

सन् २०२५ सम्म जलवायु कार्यमा विश्वव्यापी नेता परिचालन

संयुक्त राष्ट्रसङ्घ, १२ वैशाख । संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रय विकास कार्यक्रमको नेतृत्वमा पहलले सामाजिक सञ्चारमाध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निगमहरूसहितको सहभागीहरूको एउटा विविध समूहलाई सङ्गठित गर्दछ । यस फराकिलो पहलले महासचिव गुटेरेसको ‘यो सबै विनाश निराशा होइन’ भन्ने महत्त्वपूर्ण सन्देशलाई जोड दिन्छ ।… पुरा पढौ