अन्तर्राष्ट्रिय 🗺

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

न्युयोर्क, १ फागुन । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ। न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो । गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटना बारे… पुरा पढौ

सन् २०२३ मा यूरोपतर्फ हुने रूसी निर्यातमा दुई तिहाइले कमी

मस्को, २९ माघ । यूरोपेली सङ्घ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रूसको भन्सार कार्यालयले सोमबार जनाएको छ । युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न युरोपेली सङ्घ (ईयू) का देशहरूले रूसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन् । सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा झरेको रूसको सङ्घीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था… पुरा पढौ

जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि : केन्द्रीय बैङ्क

इस्लामावाद, २९ माघ । सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो बर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रिय बैङ्क (एसबिपी) ले सोमबार जनाएको छ । जनवरीमा कामदारहरूबाट आएको विपे्रषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो । पाकिस्तानको विपे्रषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण… पुरा पढौ

इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार : राष्ट्रसङ्घ

गाजा, २७ माघ । उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ । यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको सुरुदेखि नै उत्तरमा पेस गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ । लजारिनीले उत्तरमा करिब तीन लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय… पुरा पढौ

जनवरीको हाइटीमा भएको सामूहिक हिंसामा एक हजार एक सयभन्दा बढी हताहत : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, २७ माघ । संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ । पछिल्लो समयमा, प्रदर्शनहरूको बिचमा घातक हिंसाको कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग… पुरा पढौ

रुससँगको बन्दी आदान प्रदानमा १०० युक्रेनी स्वदेश फर्के

कीएभ, २६ माघ । सेवा व्यक्तिहरू रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रिया अन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ । स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिकहरू रहेका छन् । यसबाहेक, डोनेट्स्क र लुहान्स्कमा लडाइँमा भाग लिने सिपाहीहरूलाई पनि बन्दी आदानप्रदान अन्तर्गत रिहा गरिएको छ । मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइते भएका र गम्भीर रोगबाट पीडित रहेका छन् । युक्रेन र… पुरा पढौ

फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चमत्कारिक’ उद्धार

मनिला, २६ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ । वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन । दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग गरेर बाँचेकाहरूको खोजी गरिरहेको अवस्थामा उनी फेला परेको डाभाओ डी ओरो प्रान्तका विपद् निकायका अधिकारी एडवर्ड म्याकापिलीले एएफपीलाई बताइन। “यो एक चमत्कार हो”, मकापिलीले भन्नुभयो,… पुरा पढौ

पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

इस्लामावाद, २६ माघ । पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको एक भिडियोमा पूर्व प्रधानमन्त्री खानले पीटीआईले १५० मतको अग्रता लिएको उल्लेख गरिएको छ । यद्यपि, एएफपीका अनुसार शुक्रबार बिहानसम्म सार्वजनिक १३ स्थानको नतिजामा खान निकट स्वतन्त्र उम्मेदवारले पाँच र पूर्व प्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन) ले चार स्थानमा जीत हाँसिल गरेका छन् । मत… पुरा पढौ

माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ

माल्दिभ्स, २५ माघ । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे छलफल गर्न जनवरी २३ देखि फेब्रुअरी छसम्म माले भ्रमण गरेपछि रिपोर्ट सार्वजनिक गरेको हो । माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटक आवागमन वृद्धि भई ५.२… पुरा पढौ

हाम्रो सम्बन्ध रगतले बाँधिएको छ : विदेश मन्त्री महमुद

नयाँदिल्ली, २५ माघ । हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताएका छन् । एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी भूमिका खेलेको कुरामा जोड दिए । महमुदले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले चुनाव पछि भारत भ्रमण गर्ने बताउदै भारत–बङ्गलादेशका समस्याको विस्तृत श्रृंखला रहेको बताइन। बङ्गलादेशको स्वतन्त्रता र स्वाधिनता प्राप्तिको आन्दोलनमा भारतीय जनता तथा सेनाले आफ्नो रगत बगाएकाले दुई… पुरा पढौ