अन्तर्राष्ट्रिय 🗺

जनवरीमा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषिका लागि इजरायल प्रस्थान

कोलम्बो, ८ फागुन । जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन्। उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताए । मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिए । नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिए । इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि… पुरा पढौ

पपुवा न्यूगिनीमा जातीय हिंसा, गोली हानेर ६० भन्दा बढीको हत्या

सिड्नी, ७ फागुन । पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड्स क्षेत्रमा एम्बुशमा परी कयाैं मानिसको मृत्यु भएको छ । इङ्गा प्रान्तमा सप्ताहान्तमा भएको एउटा जातीय विवादका क्रममा गोली हानेर कम्तीमा ६४ जनाको हत्या गरिएको प्रहरीले बताएकाे छ । हाइल्यान्ड्स क्षेत्रमा लामो समयदेखि हिंसा चलिरहेकाे छ। याे घटना भयावह र यस वर्षमा भएको सबैभन्दा जघन्य हिंसाकाे घटना हाे । साे क्षेत्रमा अधिक मात्रामा हतियार भित्रिएकाे र साेहि हतियार दम्भ विभिन्न समुदायबीचमा देखिएकाे छ । प्रहरीका अनुसार राजधानी पोर्ट मोर्स्बीबाट करिब ६०० किलोमिटर उत्तर… पुरा पढौ

पर्यटन गतिविधि बढाउँन पानी जहाज थप्दै श्रीलङ्का

कोलम्बो, ६ फागुन । पर्यटन गतिविधि बढाउँन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ। श्रीलङ्का पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिएको जानकारी अनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् । सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १,००० यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलङ्काको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको… पुरा पढौ

अभ्दाइभ्कालाई पूर्ण नियन्त्रणमा लिएको रूसको दावी

मस्को, ६ फागुन । रूसी सेनाले डोनेट्स्क नजिकैको अभ्दाभ्का शहरलाई पूर्णरूपमा नियन्त्रणमा लिएको छ । रक्षा मन्त्रालयले आफ्नो टेलिग्राम च्यानलमा अभ्दाभ्का शहरलाई पूर्णरूपमा नियन्त्रणमा आएको घोषणा गरेको छ । लेफ्टिनेन्ट जनरल एन्ड्रे मोर्डविचेभको नेतृत्वमा केन्द्रीय समूहका सैनिकहरूले अभ्दाइभ्का शहरलाई नियन्त्रणमा लिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले क्रेमलिनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराए । रूसी सेनाले युक्रेनी सेनाबाट ३१.७५ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिएको र युक्रेनले पछिल्लो २४ घण्टामा अभ्दाइभ्का शहरलाई नियन्त्रणमा लिएको लडाइँमा एक हजार ५०० भन्दा बढी सैनिक युक्रेनले… पुरा पढौ

गाजा सम्बन्धमा सुरक्षा परिषद्को नयाँ मतदान रोक्ने अमेरिकी धम्की

संयुक्त राष्ट्रसङ्घ, ६ फागुन । गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ । जनवरीको अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजराइलले गाजामा आफ्नो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफल सुरु गरेको छ । फैसलामा अदालतले इजराइलले हमास लडाकूहरूलाई निशाना बनाइरहेको बताएको छ । एएफपीले शनिबार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो… पुरा पढौ

ईयूले नाइजेरियाको उर्जा क्षेत्रमा चार करोड डलर लगानी गर्ने

अबुजा, ५ फागुन । युरोपियन सङ्घ (ईयू) ले शुक्रबार नाइजेरियाको उर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार यूरो (करिब ४० मिलियन अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता गरेको छ । नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपी र अबुजामा उर्जा मन्त्री एडबेयो अडेलाबुबीचको बैठकमा उक्त घोषणा गरिएको थियो । इसोपीले वित्तीय प्रतिबद्धता २० करोड यूरो (२१ करोड ६०लाख डलर) अनुदानबाट अलग रही २००८ देखि नाइजरको उर्जा क्षेत्रमा लगानी गरिएको छ । प्रतिज्ञारत सहयोगको उदेश्य उर्जा क्षेत्रका महत्वपूर्ण क्षेत्रहरूलाई सम्बोधन गर्नु… पुरा पढौ

जापानद्वारा एच-थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण

टोकियो, ५ फागुन जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रुपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पु¥याउने काम गर्नसक्छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, “म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइन र मैले कहिल्यै… पुरा पढौ

दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु

नयाँदिल्ली, ४ फागुन । दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताएका छन । अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए । दुर्घटनामा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्नेे कारखानामा… पुरा पढौ

भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय

नोम पेन, ४ फागुन । कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ । प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो ।” “दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग… पुरा पढौ

भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का

नयाँदिल्ली, ४ फागुन । प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, “हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ । माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर) को भुक्तानी माग गरेको थियो । पार्टीले त्यस्तो… पुरा पढौ