अन्तर्राष्ट्रिय 🗺

हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइँ

तेल अवीव, ६ कार्तिक । इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाइँ उत्पन्न भएको छ । उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । यहाँको सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू सङ्कलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइँ गरेको पाइएको छ । मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ… पुरा पढौ

शान्ति र मैत्री सन्धिको ४५ औँ वर्षगाँठमा चिन र जापानबीच शुभकामना आदानप्रदान

बेइजिङ, ६ कार्तिक । चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार चीन र जापानबीच शान्ति तथा मित्रता सन्धिमा हस्ताक्षर भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गरेका छन्। आफ्नो सन्देशमा लीले सन्धिको भावनालाई पुनरुत्थान गर्न, द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउन र नयाँ युगको आवश्यकता अनुरूप चीन-जापान सम्बन्ध निर्माण गर्न चीन जापानसँग काम गर्न इच्छुक रहेको बताए । पुरा पढौ

युक्रेन मेल डिपोमा रुसी हमलामा छ को मृत्यु

किएभ, ५ कात्तिक । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेकाे भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ । “अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता टर्मिनलभित्र थिए”, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, “मारिने… पुरा पढौ

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर

मनाउस, ब्राजिल, ५ कात्तिक । अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ । अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए। “मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु”, उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले… पुरा पढौ

‘आतङ्कवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण

तेल अविव, इजराइल, ५ कात्तिक । इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ । सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतङ्कवादी हमलाको योजना बनाउन र त्यसलाई लागु गर्नका लागि कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको जासुसीमाध्यमबाट पत्ता लागेको बताएको छ । एक्समा आईडीएफले भनेको छ, “आईडीएफ र आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई आक्रमण… पुरा पढौ

युक्रेनद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च

कीभ, ४ कात्तिक । युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को प्रेस सेवाले शुक्रबार यस बारे जानकारी गराएको छ । उक्त रकममध्ये ६८२ अर्ब रिभ्निया (१८.६६ बिलियन डलर) सैनिक कर्मचारीको तलबमा र करिब ३४९ बिलियन रिभनिया (९.५५ बिलियन डलर) सैन्य उपकरण खरिद गर्न प्रयोग गरिएको बताइएको छ । यस वर्षको पहिलो नौ महिनामा रक्षा क्षेत्र… पुरा पढौ

गल्फ काउन्सिल र आसियानबीच गाजा घटना बारे छलफल

खाडी सहयोग परिषद् र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का नेताहरूले शुक्रबार गाजामा भएको पछिल्लो घटनाक्रमको समीक्षा गरेका छन् । साउदीको राजधानी रियादमा आयोजित पहिलो सो संयुक्त शिखर सम्मेलनका क्रममा सहभागीहरूले मध्य पूर्वमा विकसित पछिल्लो घटनाक्रम बारे विचार आदानप्रदान गर्दै गम्भीर चिन्ता व्यक्त गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ। सहभागी नेताहरूले नागरिकहरू विरुद्ध भएका सबै प्रकारका आक्रमणहरूको निन्दा गर्दै गाजामा मानवीय सहायता, राहत सामग्री र अन्य आवश्यकतामा नागरिकहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न र गाजामा विद्युत, पानी र सबै किसिमका… पुरा पढौ

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

इस्लामाबाद, ४ कार्तिक । पाकिस्तानी सेनाले उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ। पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो। अपरेशनका क्रममा सेना र आतङ्ककारीहरू बीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ । मारिएका आतङ्ककारीहरू सुरक्षा बल विरुद्ध विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ ।… पुरा पढौ

महासचिव गुटरेस र राष्ट्रपति जेलेन्स्कीबीच कृष्ण सागर “अनाज कोरिडोर” बारे छलफल

कीभ, ३ कार्तिक । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच कृष्ण सागर सीमा नजिक वैकल्पिक "अन्न कोरिडोर" बारे छलफल भएको छ । राष्ट्रपतिको प्रेस सेवाले बिहीबार यस बारे जानकारी गराएको छ । कुराकानीका क्रममा राष्ट्रपति जेलेन्स्कीले गुटेरेसलाई "अनाज कोरिडोर" को कामको प्रगतिका बारेमा जानकारी दिए । गत नोभेम्बरमा शुरु गरिएको मानवीय खाद्य कार्यक्रम "युक्रेनबाट अन्न" कार्यक्रमको महत्त्व बारे छलफल भएको बताइएको छ । युक्रेनले कृष्ण सागरमा अस्थायी करिडोर मार्फत गत महिना लगभग ५० हजार टन… पुरा पढौ

भारतमा अर्ध-उच्च गतिको रेल सेवा सुरु

नयाँदिल्ली, ३ कात्तिक । भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरे। रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरुसँग कुराकानी गरिरहेको देखाइएको छ । “भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ! दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”,… पुरा पढौ