अन्तर्राष्ट्रिय 🗺

लिबिया बाढी : बीस हजारले ज्यान गुमाएको आशङ्का

त्रिपोली, २८ भदौ । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा… पुरा पढौ

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

ब्याङकक, २८ भदौ । म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी एलडिसीले लगाएको छ । “हामी विशेष चिन्तित छौं किनकी उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गरेकी छैनन् । सैनिक सरकारले उनको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएमा त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ । हालैका दिनहरूमा… पुरा पढौ

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मस्को, २७ भदौ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ । नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरे। दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे। क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ । नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका… पुरा पढौ

मोरक्को भूकम्पः २ हजार ८०० जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

मौले ब्राहिम, (मोरक्को), २६ भदौ । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतिरिनुपरेको पीडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् । भूकम्पबाट अधिक प्रभावित… पुरा पढौ

रेलमा सवार उत्तर कोरियाली नेता रुसमा

मस्को, २६ भदौ  । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीर्मा ाकमा तानेको तस्बिरमा देखिन्छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो । रुसी सञ्चारमाध्यमका… पुरा पढौ

लिबियामा भीषण बाढी, एक सय पचास जनाको मृत्यु

बेन्गाजी, (लिबिया), २५ भदौ । भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको एक जना सरकारी अधिकारीले बताएका छन् । लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा आँधी ड्यानियलले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा एक सय ५० जनाले ज्यान गुमाएका बताए । “यो मानवीय क्षति बाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,” उनले एएफपी संवाददातालाई सुनाए । प्रधानमन्त्री ओसामा हमाद… पुरा पढौ

दक्षिण चीन सागरमा ‘बल प्रयोग’ नगर्न अमेरिका र भियतनामको सुझाब

हनोई, २५ भदौ । संयुक्त राज्य अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि सोमबार ‘ बल प्रयोग’ नगर्न चीनसँग आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामको कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङले रणनीतिक जलमार्गमा प्रतिस्पर्धात्मक दाबीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधान गरिनुपर्ने बताएका छन् । बेइजिङले वार्षिक खरबौं डलरको व्यापार हुने लगभग सम्पूर्ण समुद्रमाथि आफ्नो दाबी गर्दै आएको छ । चीनको उक्त दावीमाथि कुनै कानुनी आधार नभएको र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई चीनले… पुरा पढौ

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

साओ पाउलो, २५ भदौ । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा सोमबारदेखि मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो गएको थियो । तीमध्ये एक जनाबाहेक सबै जनाको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो, जहाँ २२४… पुरा पढौ

खार्तुमको दक्षिणमा हवाई हमला, तीस जना मारिए

वड मदानी(सुडान), २४ भदौ । सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् । सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५मा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु भएपछि सरकारी सेनाले नागरिक इलाकाहरूमा समेत आक्रमण गर्दै आएको आरोप उक्त समितिले लगाएको छ । सेना प्रमुख अब्देल फताह अल बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको ¥यापिड सपोर्ट… पुरा पढौ

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

नयाँदिल्ली, २४ भदौ । चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ । नयाँदिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए। चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्ने, खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने र विश्व व्यापार… पुरा पढौ