अन्तर्राष्ट्रिय 🗺

येलेनको चीन भ्रमण तनाब सुधार्ने घोषणा बिना नै समाप्त

बेइजिङ, २५  असार । अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । दुई दिनसम्म १० घण्टा लामो भेटघाटपछि येलेन आइतबार वासिङ्टन प्रस्थान गरे। यद्यपि, दुई देशबीचको आर्थिक तनाव वास्तवमै कम हुने सम्भावना कम रहेको प्रतिवेदनमा उल्लेख छ । येलेनको भ्रमणबाट थप वार्ताको अपेक्षा गरिए तापनि उनले वा चिनियाँ अधिकारीहरूले महत्वपूर्ण नीतिगत मुद्दाहरूमा आफ्नो अडान परिवर्तन गरेनन् । जसले गर्दा दुवै… पुरा पढौ

सुडानमा हवाई आक्रमणमा बाइस जना मारिए

खार्तुम, २४ असार । सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् । यससम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ । पुरा पढौ

चीन-इयू व्यापार असहमति बढ्दो, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

बेइजिङ, २४ असार  । चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो । चीनका लागि युरोपेली सङ्घका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न भोलि असार २५ गते बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् । चिनियाँ र युरोपेली… पुरा पढौ

ब्राजिलमा भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ

ब्राजिल, २४ असार । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । दमकल विभागले स्थानीय प्रेसलाई भन्यो कि शुक्रबार सात जना मृत फेला परेका थिए । अस्पतालमा एक जनाको मृत्यु भएको थियो भने उद्धार टोलीले शनिबार थप तीन शव फेला पारेको थियो। पुरा पढौ

उज्बेकिस्तानमा राष्ट्रपति शासनका लागि मतदान भएको छ

उज्वेकिस्तान, २४ असार । उज्वेकिस्तानमा आइतवार राष्ट्रपतिको निर्वाचन हुँदैछ जसमा वर्तमान शावकत मिर्जियोयेभलाई ग्यासले धनी मध्य एसियाली राज्यको प्रमुखको रूपमा तेस्रो कार्यकाल दिने तयारी गरिएको छ। ६५ वर्षीय मिर्जियोयेभले आफ्नो देश, पूर्व सोभियत गणतन्त्रलाई कडा नियन्त्रणमा राखिएको, विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने वाचा गरेका छन्। उनले आफ्नो कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीको रूपमा सेवा गरे जुन २०१६ मा आफ्नो पहिलो कार्यकाल जिते र २०२१ मा पुनस् निर्वाचित हुनु अघि। यस वर्षको सुरुमा, संवैधानिक जनमत संग्रहले उनलाई थप… पुरा पढौ

पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचनः कार्यकर्ता हत्याको आरोप

कोलकाता, २३ असार । तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकाेमा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ । आज बिहान मतदान शुरु भएपछि पश्चिम बङ्गालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेकाेमा उक्त दलले रोष प्रकट गरेको छ । “हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुई जना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्,” लामो… पुरा पढौ

रुसी आक्रमणमा छ जना मारिए

किएभ, २३ असार । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर छ जनाले ज्यान गुमाएका तथा अन्य पाँच जना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा उनले शहमा धेरै रकेट लञ्चरबाट प्रहार भएको तथा रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थित सृजना गरेको लेखेका छन् । पुरा पढौ

हाइटीको राजनीतिक गतिरोध चाँडो अन्त्य हुनुपर्ने

संयुक्त राष्ट्रसङ्घ, २२ असार । संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी प्रतिनिधिले बिहीबार हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान गर्नुपर्नेमा जोड दिँदै त्यहाँका जनताले गरेका निर्णयहरूको पूर्ण सम्मान हुनुपर्ने बताएका छन् । स्थायी प्रतिनिधि झाङ जुनले बिहीबार सुरक्षा परिषद्को बैठकमा हाइटीको बिग्रँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ वैध, प्रभावकारी र जिम्मेवार सरकार बिना सङ्कट समाधान नहुने बताए । उनले कुनै पनि बाह्य प्रयासले समस्याको दिगो समाधान नहुने उल्लेख गर्दै हाइटीमा आधारभूत सुरक्षाको प्रत्याभूति अपरहार्य भएको बताए। हिंसात्मक गतिविधि अविलम्ब अन्त्य गर्न उहाँले… पुरा पढौ

क्युवामा बिआरआईसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

हवाना, २२ असार । चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानामा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा क्युवाका लागि चिनियाँ राजदूत मा हुईले बिआरआईले सभ्यताहरूबीच व्यावहारिक सहयोग र आपसी सिकाइलाई अझ सघन बनाएको बताए। “चीनले आफ्नो स्थायित्व र विकासका साथै विश्व शान्ति र प्रगति प्रवर्द्धन गर्न सबै पक्षसँग काम गर्नेछ ”मानवजातिको साझा भविष्य निर्माणलाई बिआरआईले लक्ष्य बनाएको बताउँदै चिनियाँ राजदूतले भने। मानव समाजले… पुरा पढौ

पश्चिम बङ्गालमा चुनावी हिंसा, चार जनाको मृत्यु

कोलकाता, २२ असार । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् । पश्चिम बङ्गालमा भोलि शनिबार स्थानीय निर्वाचन हुँदैछ । एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको थियो । उनी कांग्रेस समर्थक थिए । प्रहरीले… पुरा पढौ