अन्तर्राष्ट्रिय 🗺

१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ (चीन), १० असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत… पुरा पढौ

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

बेइजिङ, ९ असोज । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो । टोकियो, वासिङ्टन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकहरूले… पुरा पढौ

मानवअधिकार परिषद्मा सामेल हुने रुसको प्रयास

जेनेभा, ९ असोज । रुसले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को निर्वाचनमा पुनः सामेल हुने प्रयास थालेको छ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि मस्कोलाई गत अप्रिलमा परिषद्बाट निष्कासन गरिएको थियो । रुसले राष्ट्रसङ्घका सदस्य देशका राजदूतहरूलाई आगामी महिना हुने निर्वाचनमा सहयोगका निम्ति अनुरोध गर्दै पत्राचार गरेको छ । एपीले पढेको उक्त पत्रमा मस्कोले मानव अधिकारका मुद्दामा समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै मस्कोले परिषद्लाई कुनै एक अमुक समूहको राजनीतिक स्वार्थ पूरा गर्ने उपकरण बन्न खोजेको आरोप लगाउँदै त्यसो हुन… पुरा पढौ

इन्धन डिपो विष्फोटमा बीस जनाको मृत्यु

येरेभान, ९ असोज । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो । घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन् । आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन् । अजरबैजानले १० महिनादेखि… पुरा पढौ

एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने

बेइजिङ, ९ असोज । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित हुनुपर्ने बताएका छन् । ‘विश्व समुदायको साझा भविष्य : चीनको प्रस्ताव र व्यवहार’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशान्त क्षेत्रका २१ देश सदस्य रहेको अन्तरसरकारी मञ्च एपेकको अमेरिका बैठकमा चीनले रचनात्मक भूमिका निर्वाह गर्ने बताए। एपेकको महत्वपूर्ण सदस्य एवं सबैभन्दा ठूलो विकासशील देश चीन सकारात्मक पक्षलाई बढावा दिन… पुरा पढौ

रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु

उमरिया, मध्य प्रदेश, ८ असोज । भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो । कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, “शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा खाना खाएर फर्किने क्रममा भएको… पुरा पढौ

वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण

हवाना, ८ असोज  । वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताएका छन् । त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिए । विदेशमन्त्री रोड्रिगेजले यस पहिले ट्वीटरका नामले प्रसिद्ध सामाजिक सञ्जाल एक्स मा पोस्ट गरेको विज्ञप्तिमा भने, “अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल वम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।” सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक… पुरा पढौ

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सय बढी

ढाका, ८ असोज । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो । महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार… पुरा पढौ

‘प्रदूषण नियन्त्रणका निम्ति शक्तिशाली देश नै लाग्नुपर्छ’

जेनेभा, ७ असोज । भारतीय जल प्रतिष्ठानका अध्यक्ष अरविन्द कुमारले जलवायु वित्तका निम्ति भारतले पर्याप्त लगानी गरेको तथा घातक वस्तुको उत्सर्जनलाई पूर्ण नियन्त्रण गर्ने नीति अवलम्बन गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा भएको ५४औँ वार्षिक बैठकमा अध्यक्ष अरविन्द कुमारले युरोप, उत्तर अमेरिका र अष्ट्रेलियाजस्ता शक्तिशाली एवं समृद्धशाली देश प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए। इतिहासदेखि नै औद्योगिक क्षेत्रमा गरेको प्रगतिसँगै प्रदूषण पनि फैलाएका उत्तर अमेरिका, युरोपेली देश र अष्ट्रेलियाले हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्नुपर्ने उनले बताए। विकासशील देशहरूले… पुरा पढौ

पश्चिम किनारमा दुई प्यालेस्टिनी मारिए

रामल्लाह (प्यालेस्टाइन क्षेत्र), ७ असोज । इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउकोमा गोली लागेर मृत्यु भएको उक्त मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय अब्दुल रहमान अबु दगासले ज्यान गुमाएका छन् । इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टिनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम… पुरा पढौ