अन्तर्राष्ट्रिय 🗺

बारुदी सुरुङमा छ जना मारिए

बाकु, २ असोज । नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ । आर्मेनियासँगको तनाव बढ्दै गएका बेला यस्ता आततायी गतिविधि विध्वंसमा संलग्न समूहले गराएका प्रहरीले बताएको छ । सुरक्षा निकायहरूका अनुसार खोड्झाभेन्स्की जिल्लामा मङ्गलबार बिहान सबेरै दुईजनाको मृत्यु भएको तथा अतिवादी समूह आर्मेनियाली सशस्त्र बलले निर्माणाधीन सुरुङ मार्गमा राखेको विष्फोटक पदार्थमा प्रहरीको गाडीले कुल्चिदा चार जना प्रहरी अधिकारीको… पुरा पढौ

भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित

नयाँदिल्ली, २ असोज । भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो । भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ । यो निर्णयले… पुरा पढौ

पुटिनलाई ‘धन्यवाद’ दिँदै उत्तर कोरियाली नेता स्वदेश फिर्ता

सियोल, १ असोज । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ । भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रूसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए । यसमा पुटिनसँग राइफलको साङ्केतिक आदानप्रदान पनि समावेश रहेको छ । प्योङयाङको कोरियाली केन्द्रय समाचार संस्था (केसीएनए)का अनुसार किमले राष्ट्रपति पुटिन… पुरा पढौ

खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा

किएभ, ३१ भदौ । खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् । युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् । युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो । टर्कीएको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा… पुरा पढौ

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या डेरनामा ११ हजार ३०० पुग्यो

लिबिया, ३१ भदाै । राष्ट्रसंघ लिबियाको पूर्वी सहर डेरनामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगेको संयुक्त राष्ट्रसंघले शनिबार लिबियाको रेड क्रिसेन्टलाई उद्धृत गर्दै जनाएको छ। विनाशकारी सहरमा अझै १०,१०० व्यक्ति बेपत्ता छन्, मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र संघको कार्यालयले रेड क्रिसेन्टको तथ्याङ्क प्रयोग गरी भन्यो। डेरना बाहिर पूर्वी लिबियामा अन्य ठाउँमा, बाढीले थप १७० जनाको ज्यान लियो, अपडेटले भन्यो। "खोजी र उद्धार टोलीले बाँचेकाहरूलाई खोज्न अथक प्रयास गर्दा यी तथ्याङ्कहरू बढ्ने अपेक्षा गरिएको छ,"… पुरा पढौ

ब्राजिलको अमेजनमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ

ब्राजिल, ३१ भदाै । ब्राजिलको अमेजनमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजनमा पर्यटकीय सहर बार्सिलोसमा आँधीबेहरीमा अवतरण गर्ने प्रयास गर्दा शनिबार एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, अधिकारीहरूले भनेका छन्। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि यात्रुहरू सबै ब्राजिलियन पुरुषहरू खेलकुद माछा मार्ने क्षेत्रमा यात्रा गरिरहेका थिए, राज्य सरकारले एक विज्ञप्तिमा भन्यो। "हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न दुर्घटनाको क्षणदेखि प्रतिक्रिया गर्दै मैदानमा छन्," गभर्नर विल्सन लिमाले X मा लेखे, पहिले ट्विटर भनेर… पुरा पढौ

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच बिहीबार भेटवार्ता हुँदै

वासिङ्टन, ३० भदौ । राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन्। आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ । बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय… पुरा पढौ

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’

पेरिस, ३० भदौ । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताए। गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन्… पुरा पढौ

चिनियाँ रक्षामन्त्री बर्खास्त भएको आशङ्का

चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ । रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताएका छन् । “अमेरिकाका लागि… पुरा पढौ

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्काशित

मस्को, २९ भदौ । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो । अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन)का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ । संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ… पुरा पढौ