अन्तर्राष्ट्रिय 🗺

रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै

मस्को, १८ साउन । भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड(आरभिएनएल) बीच सम्झौता भएको हो । यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ । ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान… पुरा पढौ

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

जिउक्वान, १८ साउन । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ । पुरा पढौ

फ्रान्द्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

पेरिस, १८ साउन । फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको "पूर्ण ग्यारेन्टी" गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई "विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा" प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्वन गर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ-"यी कार्यहरू अन्तरराष्ट्रिय कानून अन्तर्गतका दायित्वहरू, विशेष गरी भियना कन्भेन्सनसँग सम्बन्धित छन्" । पुरा पढौ

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

ब्राजिलिया, १८ साउन । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो । ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ । अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले-प्रहरी शक्तिको दुरुपयोगको चिन्तालई अस्वीकार गर्दै भनेका छन्-अपराधीहरू… पुरा पढौ

एक सय चालीस वर्षपछि वेइजिङमा भीषण वर्षा

बेइजिङ, १७ साउन । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा… पुरा पढौ

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

नियामे, १७ साउन । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान… पुरा पढौ

सैनिक सरकारद्वारा नेत्री सूचिलाई आंशिक माफी

याङ्गुन, १६ साउन  । हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ । भोलि बुधबार पर्ने आषाढ पूजाका अवसरमा आज सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सूचि विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान गरिएको हो । राज्य प्रशासन परिषद्का अध्यक्षले सूचिलाई माफी दिएको… पुरा पढौ

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए

थाने (महाराष्ट्र), १६ साउन । महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति साढे एक बजे भएको हो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिए । उनले मृतकका परिवारलाई राहतस्वरुप रु पाँच लाख… पुरा पढौ

शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु

बेरुत, १६ साउन । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अङ्गरक्षकको हत्या गरेको छ । जन्द अल–शाम र फताह नामक इस्लामवादी सङ्गठनबीचको द्वन्द्वले आइन अल–हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका… पुरा पढौ

आर्थिक सङ्कटले श्रीलङ्काकाको वास्तविक मित्र पहिचान गराएको पूर्वाधार मन्त्रीको भनाइ

चेन्नई, तामिलनाडु, १५ साउन । भारत र श्रीलङ्काबीचको सांस्कृतिक र आर्थिक सम्बन्धका लागि मछुवा मुद्दाको ‘स्थायी समाधान’ महत्वपूर्ण रहेको श्रीलङ्काले जनाएको छ । श्रीलङ्काका जलस्रोत, आपूर्ति तथा पूर्वाधार मन्त्री जीवन थोन्डमानले भारत र श्रीलङ्काबीचको सम्बन्ध बलियो र घनिष्ठ रहेको बताउँदै आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा उजागर भएको बताए । पूर्वाधारमन्त्रीले आफ्नो एक सातालामो भारत भ्रमणपछि चेन्नई विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताए । सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थोन्डमानले भने, “गत साता श्रीलङ्काका राष्ट्रपति रानिल… पुरा पढौ