अन्तर्राष्ट्रिय 🗺

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

इस्लामावाद, २२ वैशाख । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब… पुरा पढौ

क्रेमलिन ड्रोन हमलामा वाशिङ्टन जिम्बेवारः रुस

मस्को/वाशिङ्टन, २२ वैशाख । हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । "हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन् । प्रवक्ता पेस्कोभले भने-"अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ । वाशिङ्गटनका लागि "द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।" रुसी राष्ट्रपतिको… पुरा पढौ

डेनमार्कले रक्षा क्षेत्रमा पाँच अर्ब साठी करोड डलर लगानी गर्ने

कोपनहेगन, २१ वैशाख । डेनमार्क सरकारले युक्रेनमा जारी युद्धपछि उत्पन्न ‘सञ्चित चुनौती’को सामना गर्न आगामी १० वर्षमा देशको रक्षामा थप ३८ अर्ब क्रोनर (५.६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “करिब २७ अर्ब क्रोनरले रक्षा सामग्री, भवन, आईटी र कर्मचारीहरूलाई सञ्चित चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ भने थप ११ अर्ब क्रोनर कर्मचारी र सामग्री क्षेत्रमा लगानी गरिनेछ । विज्ञप्तिमा भनिएको छ, “वर्तमान प्रतिरक्षा सञ्चालनका लागि थप स्रोतको आवश्यकता देखिएको… पुरा पढौ

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

जेरुसेलम, २१ वैशाख । इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ । हत्यामा सङ्लग्न दुई सङ्दिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र शिन बेट सुरक्षा सेवाको संयुक्त अपरेशनमा नाब्लसमा मारिएको बताइएको छ । यसले तीन जना मृतकलाई “लेआ, माइया र रिना डीका हत्यारा”को रूपमा पहिचान गरेको छ । जो अप्रिल ७ मा… पुरा पढौ

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

कीभ, २१ वैशाख । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ । पुरा पढौ

संयुक्त राष्ट्रसंघ महासचिवद्वारा सुडानका युद्धरत पक्षलाई शान्ति, मेलमिलापका निम्ति आग्रह

नैरोबी, २१ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन्। बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उनले सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गरे। केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यमा सुडानमा शुरु भएको द्वन्द्व गम्भीर चिन्ताको विषय रहेको बताउँदै लडाकूहरूबीच हतियार बिसाउँनु जरुरी रहेको बताए। "ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ,"… पुरा पढौ

हराएका किशोरीको खोजी गर्दा सात जनाकाे शव भेटियाे

ओक्लाहोमा, १९ वैशाख । ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भएनभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् । मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन । चौध वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर… पुरा पढौ

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

वासिङ्टन, १९ वैशाख । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् । युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् । पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन सङ्र्घ गरिरहेको छ ।… पुरा पढौ

अमेरिकामा फर्स्ट रिपब्लिक बैंक पनि टाट पल्टियाे

काठमाडौं, १९ वैशाख । केहि समयकाे अन्तरालमा अमेरिकामा अर्काे एउटा बैंक टाट पल्टिएकाे छ । सन् १९८५ मा स्थापना भएको अमेरिकाको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएकाे हाे । याे टाट पल्टिनेहरुमा तेश्राेमा रहेकाे छ । विकास तथा अर्थतन्त्रले मजबुत मानिएकाे शक्तिशालि देश अमेरिकाकाे बैंकिङ क्षेत्र धरमराउँदा सर्वत्र चासाे बढाएकाे छ । क्रमिक रुपमा बैंकहरु समस्याग्रस्त देखिन थालेपछि यसले चिन्ता पनि थाेपरेकाे छ । २ महिना पहिले सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भएका थिए । अमेरिकाकी फेडेरल डिपोजिट इन्सुरेन्स… पुरा पढौ

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

वासिङ्टन, एएफपी, १८ वैशाख । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गरे। महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएको प्रवक्ता स्टेफन दुजारिकले बताए। संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था… पुरा पढौ