अन्तर्राष्ट्रिय 🗺

अमृतसर विस्फोट: पाँच पक्राउ

पञ्जाब, २८ वैशाख । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ। ट्विटरमा पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका छन् । उनले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो । यो एक हप्तामा वरपर चकित… पुरा पढौ

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

नुकुआलोफा, २८ वैशाख । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्। पुरा पढौ

पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ

लाहोर, पाकिस्तान, २७ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । “प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,” अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार खानलाई गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक… पुरा पढौ

थाइल्याण्ड आइतबार निर्वाचन : यी हुन् चर्चामा रहेका चार अनुहार

कोलम्बो, २७ वैशाख । थाइल्याण्डको आइतबारको निर्वाचनले नयाँ प्रधानमन्त्री बन्ने होडमा रहेका केही उम्मेदवारलाई चयन गर्नेछ। लामो समयदेखि ‘रोलेक्स जनरल’ भनेर चिनिने राजनीतिज्ञदेखि नयाँ अनुहारका प्रतिद्वन्द्वीसम्म आइतबारको निर्वाचनपछि थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने होडमा रहेका छन् । वर्तमान प्रधानमन्त्री प्रयुत चान–ओ–चा आफ्नो नवगठित युनाइटेड थाई नेशन पार्टीको नेतृत्व गर्दै पुनः चुनावको दौडमा छन्। थाइल्याण्डमा सन् २०१४ मा भएको सैन्य ‘कू’ का मुख्य योजनाकारमध्येका एक प्रयुतले सन् २०१९ को विवादास्पद मतदानमा सत्ता सम्हालेका थिए । संवैधानिक अदालतको फैसलाअनुसार ६९ वर्षीय उहाँ थाइल्याण्डको… पुरा पढौ

श्रीलङ्काले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर माग गर्ने

कोलम्बो, २७ वैशाख  । श्रीलङ्काको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैंकसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेले अर्थमन्त्रीको हैसियतमा उक्त प्रस्ताव गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले सञ्चारकर्मीलाई जानकारी दिए। श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ४८ महिने विस्तारित कोष सुविधाको एक भागको रूपमा देशको सबैभन्दा कमजोर समूहहरूको सुरक्षाको लागि एक बलियो सामाजिक सुरक्षा सञ्जाल लागू गर्न सहमत भएको गुणवर्धनेले बताए। उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सहयोग गर्न विश्व बैंकले २०… पुरा पढौ

आसियानका नेताद्वारा म्यानमारमा भएको हिंसाप्रति ‘गहिरो चिन्ता’ व्यक्त

लाबुआन बाजो, इन्डोनेसिया, २७ वैशाख । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूले म्यानमारमा जारी हिंसाप्रति ’गहिरो चिन्ता’ व्यक्त गरेका छन् । उनीहरूले देशमा मानवीय सहायता प्रदान गर्ने कूटनीतिज्ञहरूको गाडीमाथि हालै भएको आक्रमणको निन्दा गरेका छन् । यसै साता इन्डोनेसियामा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को शिखर सम्मेलनमा भएको वार्तामा जुन्टा शासित म्यान्मारमा भएको राजनैतिक थिचोमिचो प्रति सबैको ध्यान आकृष्ट भएको छ । आसियानले सङ्कट समाधानका लागि कूटनीतिक प्रयासको नेतृत्व गरेको छ, तर सन् २०२१ मा भएको सैन्य ‘कू’ले निम्त्याएको रक्तपात रोक्न अहिलेसम्मका… पुरा पढौ

कम्बोडियाको जुलाईमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

नोम पेन्ह, २६ वैशाख । कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ । समितिको विज्ञप्तिमा भनिएको छ- सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये ११ वटालाई आधिकारिक मान्यता दिइएको छ । आयोगले दर्ता भएका अन्य नौ राजनीतिक दललाई मान्यता दिने वा नदिने भन्ने निर्णय एक साताभित्र गर्नेछ । दक्षिणपूर्वी एसियाली राष्ट्रमा आगामी… पुरा पढौ

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

वाशिङ्टन, २६ वैशाख । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ । सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक… पुरा पढौ

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

खरगोन, २६ वैशाख । मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो । खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन्-"खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका… पुरा पढौ

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीद्वारा रूसी सेनालाई पराजित गर्ने वाचा

कीभ, २५ वैशाख । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्। “आधुनिक रूसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,“ जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्– “जसरी हामीले त्यसबेला सँगै खराबीलाई नष्ट गर्यौं, हो त्यसैगरी हामी अहिले पनि त्यस्तै दुष्टलाई सँगै नष्ट गर्दैछौं।“ पुरा पढौ