अन्तर्राष्ट्रिय 🗺

ट्वीटरको लोगो परिवर्तन

काठमाडौं, २१ चैत । ट्वीटरका सिइओ एलन मस्कले आफ्नो ट्वीटरको लोगो परिवर्तन गरेका छन्। मस्कले ट्वीटरमा रहेको नीलो चरा गायब बनाएर लोगोमा कुकुरको चित्र ल्याइदिएका हुन्। यस परिवर्तनपछि अब ट्वीटरमा लगअन गर्ने बित्तिकै कुकुरको चित्रले प्रयोगकर्तालाई स्वागत गर्नेछ। त्यस्तै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ। यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ। मोबाइल एपमा भने पुरानै नीलो रंगको चरा नै देखिन्छ। मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका… पुरा पढौ

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

हेलसिन्की, २० चैत । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित पहिलो दल भएको देखाएको छ भने द फिन्सले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै सोसल डेमोक्र्याटले १९.९ प्रतिशत मत प्राप्त गरेको छ । शीर्ष तीन दलले करिब… पुरा पढौ

बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगान विदेश पलायन हुन बाध्य

काबुल, २० चैत । तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ । त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताएका छन् । सन् २०२१ को अगष्टमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि देशमा मानवीय सङ्कट धेरै गुणा बढेको छ । तालिवानको कडा प्रतिबन्धका कारण मानिसहरू बाँच्नका लागि देश छोडेर विदेशिनु परेको हो । हेरातका बासिन्दा अब्दुल खालिकले… पुरा पढौ

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

तेहरान, १९ चैत । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको न्यायपालिकाको मिजान समाचार समितिले जनाएको छ । इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ । इरानमा महिलाले टाउको नढाक्नु गैरकानूनी मानिन्छ । यसअघि हिजाब… पुरा पढौ

मधुशाला गोलीकाण्डः तीन मारिए, एक जनाको अवस्था गम्भीर

ह्युस्टन, १९ चैत । संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । शनिबार राति ९ बजेतिर ह्वीस्की ब्यारेलमा गोली चल्दा उक्त हताहति भएको जानकारी दिँदै ओक्लाहोमा प्रहरी विभागले गोली चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएको छ । घटनाको छानबिन भइरहेको छ भने यो समाचार तयार पार्दासम्म थप विवरण प्राप्त भएको छैन… पुरा पढौ

अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

विनी (अर्कान्सास), १९ चैत । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ । शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् ।… पुरा पढौ

युएईबाट अफगानिस्तानलाई चिकित्सा सहायता, खाद्यान्न प्रदान

काबुल, १८ चैत । अफगानिस्तानका भूकम्प पीडितहरूलाई सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (युएई) ले प्रकोप पीडितहरूलाई तत्काल चिकित्सा र खाद्य सामग्री पठाएको । खामा प्रेसले उल्लेख गर अनुसार संयुक्त अरब इमिरेट्सको विदेश मामिला तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयले शुक्रबार अफगान जनतालाई सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । "आज युएईले ३८ टन अत्यावश्यक चिकित्सा र खाद्य सामग्री बोकेको एउटा विमान अफगानिस्तान पठाएको छ । यस आपूर्तिले उत्तरपूर्वी अफगानिस्तानमा आएको भूकम्पबाट प्रभावित हजारौं अफगान परिवारहरूलाइ सहयोग पुर्याउने छ," खामा प्रेसले… पुरा पढौ

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

कराँची, १८ चैत । चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्। सो अवसरमा नेशनल पिपुल्स काङ्ग्रेस (एनपीसी) स्थायी समितिका अध्यक्ष झाओले चीन-स्पेन सहयोगको बलियो आधार रहेको भन्दै त्यसलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए। यस वर्ष चीन-स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका साथै चीन-इयु व्यापक रणनीतिक साझेदारीको स्थापनाको २०औँ वार्षिकोत्सव मनाइँदै छ । उक्त भेटमा झाओले आपसी विश्वास र मित्रतालाई अझ प्रगाढ बनाउने प्रयास गर्नुपर्ने बताए । त्यसैगरी व्यावहारिक सहयोगका लागि प्रतिबद्ध रहन… पुरा पढौ

कराँचीमा भएको भागदौडमा नौजना महिलाको मृत्यु

कराँची, १८ चैत । कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्। नि:शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो । कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ । पुरा पढौ

इन्दोर मन्दिर दुर्घटनाः छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इन्दोर, (मध्यप्रदेश) १७ चैत । रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा… पुरा पढौ