अन्तर्राष्ट्रिय 🗺

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपति सि को बधाई

बेइजिङ, ३० असोज । इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन् । शनिबार भएको निर्वाचनमा राष्ट्रपतिमा रसिद निर्वाचित भएका हुन्। यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएको समाचारमा जनाइएको छ । राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका विचको सम्बन्धलाई थप अगाडि बढाइने बताए। राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न… पुरा पढौ

केन्यामा खडेरीका कारण नौ लाख भन्दा बढी बालबालिका कुपोषित

नैरोबी, २९ असोज । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ। एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध-सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ । संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ । सो सङ्ख्या… पुरा पढौ

एल साल्भाडोर प्रहरीद्वारा ५५,००० संदिग्ध गिरोह पक्राउ

सान साल्भाडोर, २९ असोज । राष्ट्रपति नायब बुकेले सात महिना अघि आपराधिक समूहहरू विरुद्ध "युद्ध" घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले ५५,००० भन्दा बढी कथित गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ । सरकारले वारेन्ट बिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५, ००० भन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन् । कुल ६५ लाख जनसङ्ख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ । "हामीले (संगठित अपराध विरुद्ध) युद्ध जित्दैछौं र… पुरा पढौ

आक्रमणको धम्कीपछि राजकुमारी दरबार फिर्ता

हेग, २९ असोज । अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन् । स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन्। “उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,“ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उनीप्रति गर्व गर्दै भनिन्। राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भने। यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया… पुरा पढौ

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

इश्लामावाद, २९ असोज । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका छन् । मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् । अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो । सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल… पुरा पढौ

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा अर्थमन्त्री बर्खास्त, आर्थिक योजना धरासायी बनाएको आरोप

लण्डन, २८ असोज । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्रीलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गरेकि छन् । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना वित्तमन्त्रीलाई व्यक्तिगत रूपमा बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्ष बेलायतको चौथो अर्थमन्त्री बन्ने उनको उत्तराधिकारीको तत्काल कुनै घोषणा भएको छैन । बैंक अफ इङ्ल्यान्डले ऋणपत्र बजारमा हस्तक्षेप गरेपछि नयाँ सरकारले सेप्टेम्बर २३ मा कर कटौती गर्ने योजना बनाएको र त्यसपछि उत्पन्न वित्तीय उथलपुथल केही हदसम्म कम भएको… पुरा पढौ

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

साओ पाओलो , २८ असोज । ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो । सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिब सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरुमा चार हजार पाँच सयको ज्यान गएको… पुरा पढौ

इराकको राष्ट्रपतिमा रशिद निर्वाचित

बग्दाद, २८ असोज । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन् । संसदमा भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरे। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन् । रशिदले उनलाई नै पराजित गरेका हुन् । मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका… पुरा पढौ

कम्बोडियामा डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु

नोमपेन्ह, २८ असोज । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ । सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताए। ‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भने। पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको… पुरा पढौ

श्रीलङ्काले म्यानमारलाई कोभिड १९ को खोपहरु सहयोग गर्ने

श्रीलङ्का सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ । स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार यहाँ पत्रकारहरुलाई बताएका छन् । उनले श्रीलङ्कासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताए।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताए। श्रीलङ्काका अधिकारीहरूले म्यानमारमा खोपहरू पु¥याउन विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेका रामबुक्वेलाले बताए । पुरा पढौ