अन्तर्राष्ट्रिय 🗺

प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

तास्कन्द, उज्बेकिस्तान, २६ भदौ । प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्नुहुने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको पनि स्रोतले… पुरा पढौ

न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, छयालीसको मृत्यु

वेलिङटन, २८ भदौ । न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उक्त सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना सङ्क्रमित यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन् । जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो… पुरा पढौ

दक्षिण भारतको सिकन्दराबादको होटलमा आगलागी, आठ जनाको मृत्यु

नयाँदिल्ली, २८ भदौ । भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् । आगलागीको कारण खुलेको छैन । स्थानीय वारूणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको… पुरा पढौ

युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रबाट ७५ हजार जना सुरक्षित स्थानमा सारिए

किएभ, २८ भदौ । युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजारभन्दा बढी सर्वसाधारणलाई  सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । युक्रेनी पुनर्मिलन मन्त्रालयका अनुसार डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब ३० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको हो । मन्त्रालयका अनुसार  डोनेट्स्क क्षेत्रका साथै रूस नियन्त्रित दक्षिण युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रबाट ५० हजार जनालाई किएभ नियन्त्रित स्थानमा सारिएको छ । युक्रेनले गत अगष्टदेखि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण थालेको हो । उपप्रधानमन्त्री इरिना भेरेश्चुकले द्वन्द्वग्रस्त अन्य क्षेत्रबाटबाट पनि नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न… पुरा पढौ

चीनका राष्ट्रपति सी चिनफिङले कजाकिस्तान, उज्वेकिस्तानको भ्रमण गर्ने

बेइजिङ, २७ भदौ चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उहाँको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले सोमबार जानकारी दिएको छ । सीले उज्बेकिस्तानको समरकन्दमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को नेताहरुको शिखर सम्मेलनमा भाग लिन लाग्नु भएको जनाइएको छ । बुधवारदेखि शुक्रबारसम्म कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ । एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाकिस्तान, किर्गिस्तान,… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो

कोलम्बो, २७ भदौ । श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् । उनले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकारी दिए । उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताए। उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी… पुरा पढौ

सिचुवान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

छन्दु, २७ भदौ । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् । उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी प्रान्तमा ५५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेसम्म यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् ।… पुरा पढौ

आइएसको आक्रमणबाट ६ जनाको मृत्यु

दमासकस, २७ भदौ । सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् । आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन । पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म एक… पुरा पढौ

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

बेइजिङ, २६ भदौ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ । पुरा पढौ

आतङ्कारी हमलामा मारिएकाहरूको सम्झना

न्युयोर्क, २६ भदौ । एक्काइस वर्षअघि आजकै दिन विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतङ्कारी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्झना गरियो । पुष्पहार चढाएर तथा मैनवत्ती बालेर दिवङ्गतहरूमा श्रद्धा प्रकट पनि गरियो भने मौन धारण गरेर उनीहरूको चिरशान्तिको कामना गरिएको छ । देशका विभिन्न भागमा पनि दिवङ्गतहरूको सम्झनामा स्मृतिसभा गरिँदै छ । उक्त आक्रमणमा तीन हजारभन्दा बढीको असामयिक अवसान भएको थियो । एक्काइस वर्षदेखि अमेरिकाले आतङ्वादविरुद्ध अभियान नै सञ्चालन गरेको छ… पुरा पढौ