अन्तर्राष्ट्रिय 🗺

अर्थशास्त्रको नोबेल पुरस्कार फेडका पूर्व प्रमुख बर्नान्कीसहित तीन अमेरिकीलाई दिने घोषणा

स्टकहोम, २५ असोज । सन् २००८ को वित्तीय सङ्कटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फेडरल रिजर्भका पूर्व प्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । डग्लस डायमन्ड र फिलिप डिबभिगसँगै बर्नान्कीलाई ‘विशेष गरी वित्तीय संकटको समयमा अर्थतन्त्रमा बैंकहरूको भूमिकाका साथै वित्तीय बजारलाई कसरी नियमन गर्ने भन्ने आम बुझाइमा उल्लेखनीय सुधार गरेकोमा’ सम्मान गरिएको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार निर्णायक समितिले बताएको छ । पुरस्कार राशि करोड स्वीडिश क्रोनर (करिब आठ लाख ८० अमेरिकी डलर) रहेको छ… पुरा पढौ

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

लखनउ, २४ असोज । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनलाई उपचार गरिएको थियो । उनकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका… पुरा पढौ

चीनमा ३८० वर्ष पुरानो ८३.४ मिटरको रुख सबैभन्दा अग्लो

साङ्घाइ, २४ असोज । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो । साङ्घाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरु मध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । किर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम “अबिज एर्नेस्ती वर सालौएनेन्सीस” राखिएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ ।… पुरा पढौ

किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’

सोल, २४ असोज । उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरुमा दक्षिणमा प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’हरू समावेश रहेको बताइएको छ । यस क्षेत्रमा अमेरिकी नेतृत्वको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा नेता किम जोङ उनद्वारा निरीक्षण गरिएको राज्य सञ्चालित सञ्चार माध्यमले सोमबार जनाएको छ । किमले सामरिक आणविक हतियारहरू – युद्धको मैदानमा प्रयोगका लागि डिजाइन गरिएका साना, हल्का हतियारहरू जनवरी २०२१ मा भएको प्रमुख पार्टीको महाधिवेशनमा उच्च प्राथमिकता प्राप्त गरेको बताइएको छ । यसवर्ष उत्तर कोरियाको आणविक शक्तिलाई छिटोभन्दा छिटो गतिमा विकास… पुरा पढौ

स्वास्थ्य सेवा प्रणालीबाट आधा अमेरिकी निराश

न्यूयोर्क, २४ असोज । लगभग आधा अमेरिकीहरु अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् । संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ । खर्च वहन गर्न नसक्दाँ गत जुनमा २६ प्रतिशत मानिसहरु र उनीका वा परिवारका सदस्यहरूले गत तीन महिनामा उपचार गर्न छोडेका बताएका थिए । सन् २०२१ जुनमा १४ प्रतिशतले त्यही भनेका थिए । महिला, हिस्पैनिक र अश्वेत सर्वेक्षण सहभागीहरूले अन्य लागतहरु पूरा गर्नको लागि गत १२… पुरा पढौ

भेनेजुएलामा पहिरोबाट २२ जनाको मृत्यु, ५२ बेपत्ता

काराकास, २४ असोज । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गर्नुभएको थियो । उहाँले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन्। यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ… पुरा पढौ

नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने ७६ पुगे

अबुजा, २४ असोज । नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार नाइजेरियाको दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो । दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गरेका छन् । दुर्घटनामा ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । शुक्रबार राति भएको उक्त दुर्घटनाप्रति राष्ट्रपति बुहारीले विज्ञप्तिमा दुःख पनि व्यक्त गरेका छन् । गत शुक्रबार ८५ जना… पुरा पढौ

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक शुरू

बेइजिङ, २४ असोज । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को १९ औँ केन्द्रीय समितिको सातौँ पूर्णबैठक आइतबारबाट प्रारम्भ भएको छ । बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । महासचिव सीले २० औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक टिप्पणी गरे। पार्टीका अर्का नेता वाङ हुनिङले पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधन मस्यौदामा व्याख्यात्मक टिप्पणी गरे। बैठकमा सातौँ पूर्णसत्रमा छलफलका लागि पेश गर्नुपर्ने तीनवटा दस्तावेजको अध्ययन पनि गरेको छ । सिपिसीको २० औँ… पुरा पढौ

श्रीलङ्कालाई सङ्कटको सामना गर्न र भ्रष्टाचारविरुद्ध मुद्दा चलाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

जेनेभा, २४ असोज । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले बिहीबार पारित गरेको प्रस्तावमा श्रीलङ्कालाई आर्थिक सङ्कटसमाधान गर्न र सरकारी अधिकारीहरूद्वारा भएको भ्रष्टाचारविरुद्ध मुद्दा चलाउन आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अधिकार निकायले दक्षिण एसियाली टापु राष्ट्रमा आफ्नो ध्यान केन्द्रित गर्न २०–७ मत दिएको थियो । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जेनेभास्थित चेम्बरलाई कोलम्बोले उक्त धारालाई ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको बताए । उक्त प्रस्तावमा श्रीलङ्का सरकारलाई ‘सार्वजनिक र पूर्व सरकारी अधिकारीहरूले गरेको कार्यलगायत भ्रष्टाचारको अनुसन्धान र आवश्यक परेमा मुद्दा चलाएर जारी आर्थिक… पुरा पढौ

अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको इरानको दाबी

तेहरान, २३ असोज। संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दावी गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्बसाधारण व्यक्तिहरूसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताए । कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेखेका छन्, “हरेक दिन एउटा बहानामा इरानविरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ । यस पटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई… पुरा पढौ