अन्तर्राष्ट्रिय 🗺

बेइजिङले भन्यो ‘विकृत सूचना अभियान’ निराधार

बेइजिङ, १ साउन । नेपालका लागि मनोनित अमेरिकी राजदूत डीन आर थम्पसनले गरेको टिप्पणीको बेइजिङले खण्डन गर्दै त्यसलाई निराधार भनेको छ । गत बुधवार सिनेटको विदेश सम्बन्ध समितिसमक्ष मनोनित राजदूत थम्पसनले चीनको विकृत सूचना अभियानको सामना गर्दै गत फेब्रुवरीमा नेपालको संसद्ले ५० करोड अमेरिकी डलरको अनुदान परियोजना पारित गरेको बताएका थिए । थम्पसन टिप्पणीप्रति आपत्ति जनाउँदै चीनले त्यसलाई निराधार भनेको हो । मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी)लाई लिएर भएको उक्त टिप्पणीको प्रतिवाद गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार थम्पसनको भनाइले चीनको… पुरा पढौ

चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी

बेइजिङ, १ साउन । प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो । आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ । केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा… पुरा पढौ

अफगानिस्तानको केन्द्रीय बैंकले एक करोड २० डलर लिलामी गर्ने

काबुल, ३२ असार । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ । द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य संचालित बख्तर न्यूज एजेन्सीले मनी चेन्जर्स र निजी बैंकलगायतका बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनु पूर्व केन्द्रीय बैंकमा ग्यारेन्टीको रूपमा अफगानीमा आवश्यक पैसा जम्मा गर्नुपर्नेछ । अफगानिस्तानको राष्ट्रिय मुद्रा, द अफगानी विदेशी मुद्रासँग कमजोर बनेका समय बैंकको यो निर्णय आएको हो । तालिवान समूहको नेतृत्वमा सरकार गठन भएसँगै अफगानी मुद्रा अमेरिकी डलरलगायत अन्य… पुरा पढौ

महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै

वासिङटन, ३२ असार । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् । घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भवभएसम्म रेष्टुरा नगयो, घरै बस्यो । छोटो दुरीमा मात्र यात्रा ग¥यो । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि । उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन्… पुरा पढौ

साउदी अरबका नेतासँग वाइडेनको भेटवार्ता

रियाद, ३२ असार । अमेरिकी राष्ट्रपति जो वाइडेनले साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् ।  साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।  दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दा स्थित अल सलाम दरबारमा स्वागत गरेका थिए । उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी थिए ।  बैठकका क्रममा राजा सलमान र राष्ट्रपति वाइडेनले… पुरा पढौ

मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु

मेक्सिकोसिटी, ३२ असार। मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो । दुर्घटनामा ज्यान… पुरा पढौ

महामारीले बढायो जुवातासको लत

सिड्नी, ३२ असार । कोभिड–१९ को महामारीका बेला अष्टे«लियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो । नेशनल लाइब्रेरी अफ मेडिशिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिकरूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ । विकासात्मक मनोवैज्ञानिक एवम् म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक… पुरा पढौ

जातीय दङ्गामा सुडानमा ३१ जनाको मृत्यु

खार्तुम, ३२ असार । सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ । झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका… पुरा पढौ

दक्षिण कोरियामा लगातार मूल्य वृद्धि

सियोल, ३० असार । ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो बर्षको उक्त अवधिमा भन्दा यो सूचकाङ्क ३३.६ प्रतिशतले वृद्धि भएको छ । युरोपमा भौगोलिक जोखिमको कारण वस्तुको भाउ बढेकोले मे महिनामा ३.८ प्रतिशत बढेको र यसले दोस्रो महिना… पुरा पढौ

अमेजनले बेलायतमा थप चार हजारभन्दा बढीलाई रोजगारी दिने

लन्डन, ३१ असार । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ । अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ । कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पु¥्याउनेछ । यो नयाँ योजना बेलायतभरिका लागि लागूहुने छ । यस कम्पनीले… पुरा पढौ