अन्तर्राष्ट्रिय 🗺

‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन : राष्ट्रपति सी

हङकङ, १७ असार । अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् । विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर्षअघि आजकै दिन बेलायतबाट चीनलाई हन्तान्तरण गरिँदा तत्कालीन चिनियाँ शासकले सन् २०४७ सम्म हङकङको शासन ‘एक देश, दुई प्रणाली’ ढाँचामा हुने र उसको स्वतन्त्रता एवम् स्वायत्तता, व्यक्तिगत अधिकार, न्यायिक स्वतन्त्रता सुनिश्चित गर्ने बाचा गरेका… पुरा पढौ

रुस र इन्डोनेसियाका राष्ट्रपतिबीच युक्रेनबारे वार्ता

मस्को, १७ असार । युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ । उनीहरूरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो । पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् । रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ । खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ । साथै बिहीबारको उनीहरुको वार्ताका क्रममा कृषि मलको आपूर्तिका विषयमा… पुरा पढौ

भारतमा पहिरोमा १४ जनाको मृत्यु, थुप्रै अलपत्र

नोनी, भारत १७ असार । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । "भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर (गाडिएका) सहित ६० जनाको मृत्यु भएको हुन सक्ने बतएका छन् । रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन… पुरा पढौ

युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए

किएभ, १७ असार । युक्रेनको बन्दरगाह शहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन… पुरा पढौ

अमेरिकाकाे उत्तरपूर्वी शहर नेवार्कमा गोली चल्दा ९ जना घाइते

वासिङ्टन, १७ असार । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलीबारीको घटना भएको हो। गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६:२० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै बिहीबार उल्लेख गरेको छ । पीडितमा एक नाबालक समेत रहेको बताइएको छ । घटना बारे नेवार्क प्रहरी विभाग द्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ… पुरा पढौ

भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार

नयाँदिल्ली, १६ असार । बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३९ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ११६ को मृत्यु भएको छ । हाल भारतमा एक… पुरा पढौ

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी, मस्कोले ठुलै जवाफ दिने

मस्को रूस, १६ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले, “हामीले स्पष्ट र सटीक रूपमा बुझ्नुपर्छ–जबकि पहिले यहाँ कुनै खतरा थिएन तर यदि यहाँ सैन्य दस्ता र सैन्य पूर्वाधार तैनाथ गरिएको अवस्थामा रह्यो भने हामीले संयमित रूपमा जवाफ दिनुपर्छ भनेका छन् । यसैबीच पुटिनले स्वीडेन र फिनल्याण्ड नेटोमा सामेल हुँदा… पुरा पढौ

मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ

मनिला, १६ असार । फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरुको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए। मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए । घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड… पुरा पढौ

दक्षिण कोरियामा कोभिड-१९ का ९,५९५ नयाँ सङ्क्रमित फेला

सियोल [दक्षिण कोरिया], १६ असार । दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १०,४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७, ४९३ भन्दा बढी थियो। गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ । थप… पुरा पढौ

जेलिन्स्किीद्वारा रुससँग लड्न थप सहयोग माग

किभ, १६ असार । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन् । उनले बुधबार नेटाेको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन् । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरे। उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए। राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता… पुरा पढौ