अन्तर्राष्ट्रिय 🗺

विश्वभर मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी

वासिङ्टन, २१ जेठ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग याैन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् तर कुनै पनि… पुरा पढौ

महामारीपछि साउदी अरबले हजका लागि पहिलोपटक दश लाख तीर्थयात्रीलाई स्वागत गर्ने

रियाद, २१ जेठ । साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो । इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको छ र आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको थिया राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ । देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया… पुरा पढौ

यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिवन्ध

ब्रसेल्स, २१ जेठ । यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दवाव दिएको हो । रूसबाट इन्धन आयातमा प्रतिवन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिवन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।… पुरा पढौ

युद्धमा ‘कोही विजेता हुँदैन,’ संयुक्त राष्ट्रसंघ

कीभ, २० जेठ । संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस-युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ। "यस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के-के गुमाएको देख्यौं: जीवन, घर, रोजगारी र सम्भावनाहरू," अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् । पुरा पढौ

भारतमाा एकदिनमा चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, २० जेठ । भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो । बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६… पुरा पढौ

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

रियो डि जेनेरिया, २० जेठ। ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् । यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो… पुरा पढौ

स्वस्थ पृथ्वीका लागि लाग्न आग्रह

स्टकहोल्म, २० जेठ । बिहीबारदेखि यहाँ सुरु भएको संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकले स्वस्थ पृथ्वीका लागि तत्कालै सबै लाग्नुपर्ने आग्रह गरेको छ । सो बैठकमा विश्वमा वातावरण विग्रिँदै गएको र जलवायु परिवर्तनका कारण धेरै असरहरु देखिन थालेको भन्दै यसका लागि विश्वका देशहरु नै लाग्नुपर्ने बताइएको छ । बैठक विश्वमा देखिएको वातावरणीय नकारात्मक असरहरुलाई कम गर्नका लागि आवश्यक पर्ने कदममा केन्द्रित भएको बताइएको छ । ‘स्टकहोल्म प्लस ५० सबैका लागि र समृद्धिका लागि स्वस्थ पृथ्वी’ नाम दिइएको सो बैठकमा यस्तो पृथ्वी निर्माण गर्ने… पुरा पढौ

चीनमा भूकम्पमा परी चारको मृत्यु

चेङ्दु, चीन, १९ जेठ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ । अन्य ३८… पुरा पढौ

कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

नयाँदिल्ली, १९ जेठ । भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार तुलनामा बुधबार कोरोना सङ्क्रमितको संख्या ९६७ बढेको छ । गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो ।… पुरा पढौ

अमेरिकामा फेरि अर्काे गोलीकाण्ड, तीन जनाको मृत्यु

होस्टन, १९ जेठ । अमेरिकामा फेरि अर्काे गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो । सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ । सो… पुरा पढौ